५ महिनामा कुवेतमा २६ नेपालीको मृत्यु « Khabarhub

५ महिनामा कुवेतमा २६ नेपालीको मृत्यु



दोहा : बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली श्रमिकहरु मध्ये मार्चदेखि जुलाई अन्तिमसम्म पाँच महिनाको अन्तरालमा २६ नेपाली श्रमिकको मृत्यु भएको छ ।

कुवेतमा कोरोना संक्रमणबाट १ महिलासहित ७ जना पुरुष रहेको तथा अन्य १८ जनाको विभिन्न कारणले मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास श्रोतले जनाएको छ ।

दूतावासका अनुसार कोरोनाको कारण मृत्यु भएका ८ जनाकै परिवारसँग समन्वय गरी कुवेतमै अन्तिम संस्कार गरिएको छ । हालसम्म कुवेतबाट विभिन्न उडानमार्फत १३ जनाको शव नेपाल पठाईसकिएको दूतावासले जनाएको छ ।

कुवेतमा कोरोनाबाट संक्रमितको हुनेको संख्या ६९ हजार ४२५ जना पुगेको छ । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या ६० हजार ९०६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ४६८ पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुवेतमा यसअघि ८४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएको उल्लेख गरिएको थियो । त्यसपछिको अहिलेसम्म के कति नेपाली श्रमिकहरु कोरोनाबाट सङ्क्रमित भए कति उपचारपछि निको भएर काममा फर्किए भन्ने नेपाली दूतावाससँग पनि तथ्याङक छैन ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ३६ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना