नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुग्यो


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

६ हजार २९६ सक्रिय संक्रमित रहेको उनले बताए ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० थियो ।

पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

बुधबारसम्म १५ हजार १५६ जनाले कोरोना जितेका थिए ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  ६५ पुगेको छ ।

काठमाडौंमा कोरोनाको संक्रमण बढेको हुँदा बैठक, गोष्टि बन्द गर्न मन्त्रालयले अपिल गरेको छ । सीमा क्षेत्रमा पनि संक्रमण दर उच्च रहेको हुँदा साबधानी अपनाउन अनुरोध गरेको छ ।

स्बास संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ ।

अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । रोगको उपचार नहुने हुँदा रोग लाग्न नदिनु नै उत्तम हो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ४ : २६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका