वीरगंजमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

वीरगंजमा थप एक कोरोना संक्रमितको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले गण्डक कोभिड अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।

डा उपाध्यायका अनुसार ती पुरुष तीन दिन अघि अस्पतालमा भर्ना भएका थिए । उनको हिजो स्वाब संकलन गरिएको थियो ।

ती पुरुषको आज बिहान मृत्यु भएको र बेलुका रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले बताए ।

“कोरोनाको लक्षण भएर तीन दिन अघि गण्डक कोभिड अस्पतालमा भर्ना हुनुभएको थियो,” डा उपाध्यायले भने, ” हिजो स्वाब संकलन गरेका थियौं, आज बिहान उहाँको मृत्यु भयो, अहिले रिपोर्ट पनि पोजेटिभ आयो ।”

उनको कोरोनाले मृत्यु भएको पुष्टिसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने उनको कोरोनाले मृत्यु भएको पुष्टि गर्न बाँकी रहेको छ ।

विहीबारमा पाँच जनाको कोरोनाले मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ३२ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो