सीपीएल क्रिकेट : सन्दीप आवद्ध टीम जमैका फेरि पराजित « Khabarhub

सीपीएल क्रिकेट : सन्दीप आवद्ध टीम जमैका फेरि पराजित


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप  लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ ।

शुक्रबार राति सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग जमैका ७ विकेटले पराजित भएको हो । जमैकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

बार्बाडोसका लागि कप्तान जासन होल्डरले सर्बाधिक ६९ रन बनाए भने जोनाथन कार्टरले ४२ तथा मिचेल सान्टनरले ३५ रन बनाए ।

जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए ।

लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले बार्बाडोसका कप्तना होल्डरलाई आउट गरेका थिए ।योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिएका छन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

यो खेल जितेपनि बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ । बार्बाडोसले १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै अंक तालिकामा पाँचौ स्थानमा रह्यो ।

९ खेलमा ३ जित, एक रद्ध र ५ हार बेहोरेको जमैका भने ७ अंकसहित चौथो स्थानमा रहदै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ०४ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने