महँगो भाडा र सीमित उडानले खाडीका नेपाली श्रमिक हैरान « Khabarhub

महँगो भाडा र सीमित उडानले खाडीका नेपाली श्रमिक हैरान

सरकारले तोकेकोभन्दा झण्डै तीन गुणा महँगोमा टिकट कालोबजारी



दोहा— संयुक्त अरब इमिरेट्स (युएइ) बाट काठमाडौँका लागि तोकिएको नियमित उडानको भाडादरमा टिकट नपाएको भन्दै युएइबाट स्वदेश फर्कन लागेका नेपालीहरूले गुनासो गरेका छन् ।

सरकारले चार्टर्ड उडानको भाडादर एक हजार ४५० दिराम तोकेको छ । यो दरमा अहिले नियमित उडानमा टिकट नपाएको उनीहरूले बताएका छन् । महँगो शुल्क तिर्दा जति पनि टिकट पाइने गरेको त्यहाँबाट नाम नबताउने शर्तमा एक नेपालीले बताए ।

उनका अनुसार ट्राभल एजेन्सीमा बुझ्दा दुई हजार २०० देखि तीन हजार ५०० दिरामसम्म टिकटको मूल्य रहेको एजेन्सीहरूले बताउने गरेका छन् । त्यो पनि ट्राभल एजेन्सीमा पाइँदैन । युएइमा नेपालीका होटल, किराना पसल तथा कार्गो अफिसमा जति पनि टिकेट पाउने गरेको त्यहाँबाट स्वदेश फर्कन टिकटको खोजीमा भौँतारिएका नेपालीहरू बताउँछन् ।

साउदीमा टिकटका लागि लाइन लागेका नेपालीहरू । तस्वीर सौजन्य : सुरेशराज त्रिपाठी ।

नेपाल सरकारले नियमित उडान खुलेको भनेर जनताको आँखामा छारोमात्रै हालेको र भ्रममा पारेको उनीहरूको आरोप छ ।

एक नेपालीले प्रश्न गरे, ‘नियमित उडान सञ्चालन भएको हो भने दैनिक ८०० जना नबढ्ने गरीमात्र आउनु पर्ने शर्त किन ?’

उनका अनुसार नियमित उडान भएका मुलुकहरूबाट कोभिड—१९ परीक्षण नेगेटिभ भएको यात्रु सिधै घर जान मिल्ने भएपछि क्वारेन्टाइनको अभाव देखाएर ८०० जनामात्र फर्किन रोक लगाउनुको कुनै अर्थ छैन ।

सरकारले कमिसनको खेलमा थोरै उडानलाई मात्रै अनुमति दिई यात्रु संख्या तोकेर जनतालाई थप समस्यामा पारेको प्रवासी नेपालीहरूको आरोप छ ।

साउदीमा टिकटका लागि लाइन लागेका नेपालीहरू । तस्वीर सौजन्य : सुरेशराज त्रिपाठी ।

युएइको दुबईस्थित भोल्ट्रासन, ट्रान्सगार्ड, इमिरेट्स लगायत विभिन्न ठूला कम्पनीहरूले आफ्नै खर्चमा सबैको कोरोना परीक्षण गरी नेपाल पठाउन तयार भए पनि ट्राभल एसेन्सीहरूबाट टिकट लिँदा अत्यन्तै महँगो पर्ने र टिकट पनि नपाउने अवस्था छ ।

महँगै भए पनि र कम्पनीले चार्टर गरेर पठाउन तयारी गरे पनि ८०० जनामात्र प्रवेश गर्न दिने नेपाल सरकारको नियमले नेपाली श्रमिकहरू अलपत्र पर्न थालेको एनआरएनए युएइले जनाएको छ ।

युएइमा भिसाको म्याद सकिएका र भिसा रद्द भएकाहरूलाई जरिवाना लाग्न सुरु भइसकेकाले थप समस्या हुने श्रमिकहरूको भनाइ छ । यसघि पनि जरिवाना तिर्न नसकेर १७ जना नेपाली स्वदेश फर्कन सकेका थिएन ।

युएइस्थित नेपाली दूतावासका अनुसार हालसम्म नेपाल फर्कन चाहने नेपालीको संख्या ४५ हजार भन्दा बढी छ । हालसम्म करिब १७ हजार नेपाली नेपाल फर्किसकेका छन् ।

यस्तै, साउदी अरबको रियादबाट स्वदेश फर्किन नेपाल एयरलाइन्सको चार्टर फ्लाइट कम हुँदा त्यहाँका नेपालीहरूले सहजरूपमा टिकट नपाएको गुनासो गरेका छन् ।

साउदीमा टिकटका लागि लाइन लागेका नेपालीहरू । तस्वीर सौजन्य : सुरेशराज त्रिपाठी ।

साउदी अरबस्थित नेपाली दूतावास, रियादमा नाम रजिस्टर गरी स्वदेश फर्कन प्रतीक्षारत नेपालीहरू धेरै भएको हुनाले टिकट लिन आउनेको भिड नियन्त्रण गर्न कठिन परेको त्यहाँस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ४६ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका