बाबुको निधन भएको एक महिना नपुग्दै दुई छोरीको कोरोनाले मृत्यु « Khabarhub

बाबुको निधन भएको एक महिना नपुग्दै दुई छोरीको कोरोनाले मृत्यु


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-  मोरङको विराटनगरमा एक बृद्धको मृत्यु भएको एक महिना नबित्दै २ छोरीको पनि मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–११ का ७० वर्षीय वृद्धको साउन २३ गते घरमै निधन भयो ।

कालगतिले निधन भएका उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको एक महिना नपुग्दै उनका दुई छोरीको पनि मृत्यु भएको छ ।

वृद्धको मृत्यु भएको २० दिनपछि भदौ ९ गते राति ४० वर्षीया छोरीको पनि मृत्यु भएको थियो । कान्छी छोरी बितेको १० दिनपछि वृद्धकी ४३ वर्षीया जेठी छोरीको पनि शुक्रबारसाँझ मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका ४० र ४३ वर्षीया दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आउने, छात्ती दुख्ने लगायत समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा लगिएको उनको उपचारका क्रममा भदौ ९ गते मृत्यु भएको हो ।

विराटनगर–१५ मिल्स एरिया घर भए पनि उनी विराटनगर–११ स्थित माइतीमै बस्दै आएकी थिइन् । उनको मृत्यु भएको केही बेरपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाले मृतकमा कोरोनासँगै ज्वरो र निमोनियाको पुरानो समस्या रहेको बताए ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनकै ४३ वर्षीया दिदीको पनि शुक्रबारसाँझ मृत्यु भयो । श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले संक्रमित महिलालाई थप उपचारका लागि भदौ १८ गते प्रतिष्ठान पठाएकोमा उनको १९ गते मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : २३ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण