बाबुको निधन भएको एक महिना नपुग्दै दुई छोरीको कोरोनाले मृत्यु « Khabarhub

बाबुको निधन भएको एक महिना नपुग्दै दुई छोरीको कोरोनाले मृत्यु


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-  मोरङको विराटनगरमा एक बृद्धको मृत्यु भएको एक महिना नबित्दै २ छोरीको पनि मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–११ का ७० वर्षीय वृद्धको साउन २३ गते घरमै निधन भयो ।

कालगतिले निधन भएका उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको एक महिना नपुग्दै उनका दुई छोरीको पनि मृत्यु भएको छ ।

वृद्धको मृत्यु भएको २० दिनपछि भदौ ९ गते राति ४० वर्षीया छोरीको पनि मृत्यु भएको थियो । कान्छी छोरी बितेको १० दिनपछि वृद्धकी ४३ वर्षीया जेठी छोरीको पनि शुक्रबारसाँझ मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका ४० र ४३ वर्षीया दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आउने, छात्ती दुख्ने लगायत समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा लगिएको उनको उपचारका क्रममा भदौ ९ गते मृत्यु भएको हो ।

विराटनगर–१५ मिल्स एरिया घर भए पनि उनी विराटनगर–११ स्थित माइतीमै बस्दै आएकी थिइन् । उनको मृत्यु भएको केही बेरपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाले मृतकमा कोरोनासँगै ज्वरो र निमोनियाको पुरानो समस्या रहेको बताए ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनकै ४३ वर्षीया दिदीको पनि शुक्रबारसाँझ मृत्यु भयो । श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले संक्रमित महिलालाई थप उपचारका लागि भदौ १८ गते प्रतिष्ठान पठाएकोमा उनको १९ गते मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै