श्रीमद्भगवत गीतामा आधारित वेब सिरिज बनाउँदै नीता « Khabarhub

श्रीमद्भगवत गीतामा आधारित वेब सिरिज बनाउँदै नीता


२१ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार नीता ढुंगानाले पौराणिक ग्रन्थ श्रीमद्भगवत गीतामा आधारित वेब सिरिज निर्माण गर्ने भएकी छिन् ।

उनले अर्जुन र श्रीकृष्णको संवाद वरिपरि रहेर निर्माण गरिएको कथामा सिरिज निर्माण गर्ने जनाइएको छ । सिरिजमा ४ जना पात्र हुनेछन् । जसलाई पौराणिक भेषमा प्रस्तुत गरिनेछ । तर, आधुनिक शैलीमा निर्माण गरिनेछ ।

नीताका अनुसार सिरिजको हरेक भाग झण्डै २५ मिनेट लामो हुनेछ । सिरिज पनि फिल्मकै शैलीमा निर्माण हुने नीताले बताइन् ।

यसअघि नीताले गणेश भजन सार्वजनिक गरेकी थिइन् । जसमा उनकै स्वर र अभिनय थियो ।

नीताले ‘माया’ नामक फिल्म बनाउने चर्चा पनि थियो । तर, कोरोना भाइरसका कारण सिर्जित अवस्थाले गर्दा तत्काल फिल्म निर्माण गर्न सकिने अवस्था छैन ।

नीताले निर्माण गर्ने यो सिरिजका लागि कलाकार र निर्देशकको छनोट भइरहेको जनाइएको छ । सिरिजलाई टिभीबाट प्रसारण गरिनेछ । साथै युट्युबमा पनि हेर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ११ : ०२ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली