९८० कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

९८० कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

नेपालमा हालसम्म संक्रमितको संख्या ४६,२५७ पुग्यो


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये २९० जना महिला र ६९० जना पुरुष रहेका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एकजना, ओखलढुंगाका एकजना, झापाका २८ जना, ताप्लेजुङका एकजना, भोजपुरका एकजना, मोरङका २९ जना र संखुवासभाका ६ जना र सुनसरीका ८६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका १० जना, पर्साका २५ जना , बाराका ७३ जना, महोत्तरीका ३ जना,रौतहटका ८ जना, सप्तरीका ११ जना, सर्लाहीका ५ जना र सिरहका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २९० जना, काभ्रेका एकजना चितवनका ३० जना, दोलखाका ७ जना, धादिङका १० जना, भक्तपुरका ३२ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २१ जना, गोरखाका ५ जना, तनहुँका ७ नवलपरासी पूर्वका १२ जना, लमजुङका २ जना, बाग्लुङका ३ जना र स्याङ्जाका २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ११ जना, कपिलवस्तुका ४ जना, दाङका ३ जना, नवलपरासीका २ जना, पाल्पाका १९ जना,प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका ६ जना र रुपन्देहीका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जाजरकोटका २ जना, जुम्लाका ५ जना, दैलेखका २ जना र सुर्खेतका ४४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ११ जना, कंचनपुरका ३ जना, कैलालीका २१ जना, डडेल्धुराका २ जना र बझाङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ थियो ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ४ : ४२ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक