नेपालमा कोरोना : यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण (तथ्यांक सहित) | Khabarhub Khabarhub

नेपालमा कोरोना : यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण (तथ्यांक सहित)


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

कहाँ कति थपिए हेर्नुस् तथ्यांक

सक्रिय संक्रमितहरुको विवरण

मन्त्रालयले नेपालका १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जनाएको छ ।

काठमाडौं उपत्यकाका तीनसहित १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

मन्त्रालयका अनुसार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ । मुस्ताङ, हुम्ला, मुगु, डोल्पा र सोलुखुम्बुका सबै संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको अवस्था के छ ?

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ३६ बजे

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पत्ति बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा– उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको