राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सदस्यले भेटे पदक विजेता खेलाडी केसीलाई « Khabarhub

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सदस्यले भेटे पदक विजेता खेलाडी केसीलाई


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले कोरोना संक्रमित नेपालको पहिलो अन्तर्राष्टिय पदक विजेता खेलाडी जीतबहादुर केसीको स्वास्थ्य अवस्था बुझेको छ।

आइतबार संघका अध्यक्ष दीपक श्रेष्ठ र निवर्तमान अध्यक्ष दीपक विष्ट केसीलाई भेट्न उनको निवास पुगेका हुन् ।

सामाजिक दूरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिएका हुन्। ७२ वर्षे केसीले संक्रमण भए पनि आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताएका छन् ।

केसी काठमाडौ महानगरपालिका १४, कंलकी रानागाउँमा परिवारसहित बस्दै आएका छन् ।

अघिल्लो साता उनी अस्वस्थ भएर अस्पताल जाँदा उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता उनी घरमै आइसाेलेसनमा बस्दै आएका छन् ।

यस्तै, केसीलाई दोस्रो पटक आइतबार पीसीआर परिक्षणण हुने बताइएको छ । उनको परिवारको पनि कोरोना परिक्षण गरिनेछ ।

खेलाडी संघले केसीलाई २ बोरा चामलसहित अन्य खाद्यान्न सामाग्री उपलब्ध गराएको थियो । केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए । उक्त पदक नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ३३ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै