सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापीबाट संक्रमितको उपचार « Khabarhub

सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापीबाट संक्रमितको उपचार


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालमा पहिलो पटक आजदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ ।

अस्पतालको आइसोलेसनमा रहेकी धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा थेरापि विधिबाट उपचार भइरहेको छ ।”

प्लाज्मा थेरीपी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठीक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एक खालको एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट गरे त्यसले कोरोना भाईरसलाई न्युटिलाइज गर्ने भन्ने सिद्धान्त रहेको बताइएको छ ।

“गम्भीर खालका कोरोना सङ्क्रमित बिरामीलाई आईसियमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाउने गरिन्छ”, श्रेष्ठले भने, “साधारण कोरोना पोजेटिभका बिरामीलाई भने प्लाज्मा चढाइँदैन ।”

यस विधिबाट उपचार गर्नका लागि कोभिड–१९ मुक्त भइसकेको व्यक्तिले रगतदान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारेर बिरामीको उपचार गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : ४६ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी