सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापीबाट संक्रमितको उपचार | Khabarhub Khabarhub

सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापीबाट संक्रमितको उपचार


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालमा पहिलो पटक आजदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ ।

अस्पतालको आइसोलेसनमा रहेकी धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा थेरापि विधिबाट उपचार भइरहेको छ ।”

प्लाज्मा थेरीपी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठीक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एक खालको एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट गरे त्यसले कोरोना भाईरसलाई न्युटिलाइज गर्ने भन्ने सिद्धान्त रहेको बताइएको छ ।

“गम्भीर खालका कोरोना सङ्क्रमित बिरामीलाई आईसियमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाउने गरिन्छ”, श्रेष्ठले भने, “साधारण कोरोना पोजेटिभका बिरामीलाई भने प्लाज्मा चढाइँदैन ।”

यस विधिबाट उपचार गर्नका लागि कोभिड–१९ मुक्त भइसकेको व्यक्तिले रगतदान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारेर बिरामीको उपचार गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : ४६ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्