आर्थिक वृद्धिबारे तथ्य तोडमोड गरिएकोमा तथ्यांक विभागको आपत्ति « Khabarhub

आर्थिक वृद्धिबारे तथ्य तोडमोड गरिएकोमा तथ्यांक विभागको आपत्ति


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिबारेको तथ्य तोडमोड गरिएको भन्दै आपत्ति जनाएको छ ।

विभागले आव २०७६/०७७ मा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमानलाई तोडमोड गर्दै अरू नै तथ्यांक दिइएको भन्दै त्यस्ता तथ्यमा विश्वास नगर्न आग्रह गरेको छ ।

विभागले पछिल्ला केही दिनमा आर्थिक वृद्धिको विषयलाई लिएर गलत तथ्याङ्कको प्रसार तथा प्रशारण भइरहेको पाइएकाले त्यस्तो गलत हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रियतहमा देखिएको कोरोनाको महामारीको असरलाई न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभावले हाम्रो अर्थतन्त्रमा पर्ने असर अनुमानसहित आव २०७६/०७७ को प्रारम्भिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क गत वैशाख १७ गते प्रकाशनमा ल्याइएको स्मरण गराएको छ ।

सो आवको तेस्रो त्रैमासको मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७५/०७६ को सोही अवधिको तुलनामा ०.८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७६/०७७ को दोस्रो त्रैमासको तुलनामा सोही आवको तेस्रौ त्रैमासमा २.७२ प्रतिशतले सङ्कुचन हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यी बाहेक विभागले कुनै पनि वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा नल्याएको विभागद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ४७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब