बुटबलमा डायलाइसिस गराउने सबै बिरामीको पीसीआर परीक्षण निःशुल्क | Khabarhub Khabarhub

बुटबलमा डायलाइसिस गराउने सबै बिरामीको पीसीआर परीक्षण निःशुल्क


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलाइसिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ ।

डायलाइसिस गराउनुअघि कोरोना संक्रमण (कोभिड—१९) संक्रमण भए नभएको टुङ्गो गर्ने भएपछि थप उपचार सहज हुने भएको छ ।

बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलाइसिसका सबै बिरामीहरूको कोभिड—१९ को सबै परीक्षण निःशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गर्ने र उक्त स्थानसम्म पुग्नसमेत नसक्ने अवस्थाकालाई बसेको स्थानमै समेत पुगेर परीक्षण गर्ने गरी काम सुरु भएको नगरप्रमुख सुवेदीले बताए ।

उनका अनुसार अस्पतालहरूमा डायलाइसिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने सबै बिरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ ।

पीसीआर परीक्षणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने छ । बुटवलले कोभिड—१९ सम्बन्धी सिफारिस समेत सहज र निःशुल्क बनाएको पनि जनाइएको छ ।

बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलाइसिल गर्ने बिरामीको संख्या करिब छ सय रहेको बताइएको छ । अहिले महामारीको बेलामा यी सबै बिरामीको नियमित डायलाइसिसअघि डेढ महिनामा दुई पटक पीसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

बुटवल उपमहानगरले बन्दाबन्दीले आउजाउमा समस्या परेका दीर्घ रोगीलाई घरमै पुगेर अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपाङ्गता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ । नगरप्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य स्वास्थ्य प्राविधिकसहित संक्रमितको मनोबल बढाउन घरघरमा पुगेका थिए ।

विभिन्न ठाउँमा संक्रमितमाथि दुव्र्यवहारका घटना हुने गरेकामा बुटवलमा भने प्रमुख, उपप्रमुख संक्रमितको घरघरमै पुगेर हौसला बढाउने मुलुकमै नौलो कामको थालनी भएको हो ।

कोभिड—१९ संक्रमण भएर आइसोशलनमा बसेकालाई घरघमै पुगेर आयुर्वेद औषधि वितरण गर्ने क्रममा डायलाइसिसका बिरामीका बारेमा सूचना पाउना साथ उपमहानगरले सबैको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको र सबै वडामा निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले वताए ।

बुटवलमा डायलाइसिस गराउनेमा सबैभन्दा धेरै संख्या गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पताल छ । त्यहाँमात्रै करिब तीन सय जनाको नियमित डायलाइसिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

अध्यक्ष आलमका अनुसार यो संख्या अहिले मुलुकका सबै डायलाइसिस सेन्टरको भन्दा धेरै हो । उक्त अस्पतालले बन्दाबन्दीको समयमा अरू उपचार सेवा सबैतिर प्रभावित हुँदासमेत त्यहाँ यसखालको उपचार चौबिसै घण्टा चालु राखेको थियो । अहिले अस्पतालमा केही स्वास्थ्यकर्मी र केही कर्मचारीमा समेत संक्रमण देखिएको भए पनि निःसंक्रमण गरिएको छ ।

उपमहानगरले निःशुल्क पीसीआर गर्ने सूचना जारी गरेपछि बुटवलमा डायलाइसिस गराउँदै आएका बिरामीको सिफारिस आएको उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखाका प्रमुख मित्रमणि खनालले वताए ।

मृर्गौलाले काम गर्न छोडेपछि मानिससँग दुई विकल्प हुन्छन्, प्रत्यारोपण र बाँचुन्जेल सातामा कम्तीमा दुईपटक डायलाइसिस । विशेष मेशिनको सहायताले रगत शुद्ध गर्ने प्रक्रिया डायलाइसिस हो । सरकारले यो सेवा निशुल्क बनाएको छ ।

चिकित्सकका अनुसार एकपटके डायलाइसिसमा चार घन्टासम्म समय लाग्छ । एउटा मेशिन तीन सिफ्टमा चल्दा दैनिक तीन जनाको डायलाइसिस हुन्छ । स्वास्थ्य मन्त्रालयको हालैको तथ्यांकअनुसार निःशुल्क डायलाइसिसका लागि देशभर ५२१ वटा मेशिन चालु छन् । यीमध्ये आधाभन्दा धेरै काठमाडौँमा छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : ०५ बजे

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने

काठमाडौं – नेपालकै ठूलो एवम्‌ मनोरम पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

बेइजिङ– आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त