चौधरी ग्रुपका ४२ मजदुरलाई कोरोना संक्रमण « Khabarhub

चौधरी ग्रुपका ४२ मजदुरलाई कोरोना संक्रमण


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ ।

बर्दियाका स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

केही दिनअघि यसै कारखानामा काम गर्ने एकजनामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा आइतबार उनीहरुमा पोजिटिभ देखिएको हो ।

ठूलो संख्यामा मजदुरमा संक्रमण देखिएपछि चाउचाउ उद्योग सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक प्रजिअ अधिकारीको अध्यक्षतामा बसेको बैठकले बासगढी नगरपालिकामा सोमबार बिहान ६ बजेदेखि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १० : १३ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी