चौधरी ग्रुपका ४२ मजदुरलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

चौधरी ग्रुपका ४२ मजदुरलाई कोरोना संक्रमण


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ ।

बर्दियाका स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

केही दिनअघि यसै कारखानामा काम गर्ने एकजनामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा आइतबार उनीहरुमा पोजिटिभ देखिएको हो ।

ठूलो संख्यामा मजदुरमा संक्रमण देखिएपछि चाउचाउ उद्योग सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक प्रजिअ अधिकारीको अध्यक्षतामा बसेको बैठकले बासगढी नगरपालिकामा सोमबार बिहान ६ बजेदेखि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १० : १३ बजे

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको

कामपाले सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)को केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर ‘यथार्थ’

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूति गृहले नेपालको मातृशिशु