घरबेटीसँग अनावश्यक नाम जोडियो, नयाँ घर खोज्छु : प्रचण्ड « Khabarhub

घरबेटीसँग अनावश्यक नाम जोडियो, नयाँ घर खोज्छु : प्रचण्ड


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम अनावश्यक रुपमा घरबेटीसँग जोडिएको बताएका छन् ।

विभिन्न ठेक्का समयमा पूरा नगरेको र राम्रो काम नगरेको कारण विवादमा तानिएका शारदाप्रसाद अधिकारीको ठेक्कासँग आफ्नै कुनै ‘साइनो’ नभएको प्रष्ट पारेका छन् ।

उनले घरबेटीले के लिन्छन् के गर्छन आफूलाई थाहा नभएको र नयाँ घर समेत खोज्न थालेको बताएका छन् ।

‘मैले अर्को घर खोज्न थालेको छु,’ जनता टिभीका लागि अन्तर्वार्ता दिँदै प्रचण्डले भनेका छन्, ‘उनीसँग गोरु बेचेको साइनो पनि छैन ।’

उनले पछिल्लो मल विवादमा आफूले कृषिमन्त्रीलाई नै कारवाही गर्न अनुरोध गरेको पनि बताएका छन् ।

आज कृषि मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले मल आपूर्तिको जिम्मा पाएर समयमै काम नगर्ने दुईवटा कम्पनी र तिनका सञ्चालक कारबाही गरेको छ ।

लिमिटेडले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोका मल्टिप्रपोज पक्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ११ : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना