अनसनको २३ औं दिन डा केसीलाई भेट्न शिक्षा मन्त्रालयको टोली पुग्यो टिचिङ अस्पताल « Khabarhub

अनसनको २३ औं दिन डा केसीलाई भेट्न शिक्षा मन्त्रालयको टोली पुग्यो टिचिङ अस्पताल


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द्र केसीलाई भेट्न शिक्षा मन्त्रालयका सचिव सहित ३ जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेको छ ।

२३ दिनअघिदेखि अनसनरत डा केसीलाई भेट्न गोपीनाथ मैनालीसहितको टोली त्रिवि शिक्षण अस्पतालमा पुगेको हो ।

अनसनरत डा केसीलाई भेटेर शिक्षा मन्त्रालयको टोलीले डा केसीलाई अनसन तोड्न आग्रह गरेका छन् ।

शिक्षा मन्त्रालयबाट डा केसीलाई भेट्न गएको टोलीले डा केसीका माग सम्बोधनका लागि सरकारी वार्ता टोली भने गठन नभएको बताएका छन् ।

डा केसी भने आफ्ना मागप्रति सरकार गम्भिर भएर सरकारी वार्ता टोली गठन गरी माग सम्बोधन नभएसम्म अनसन नतोड्ने अडानमा छन् ।

भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । अनसनको २३ औं दिनसम्म आइपुग्दा डा केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको डा केसीको निगरानीमा खटिएका चिकित्सकहरुले बताएका छन् ।

डा केसीलाई अहिले अक्सिजन सपोर्टमा राखिएको छ ।

डा केसीको माग सम्बोधन गर्न दवाब दिँदै देशभरका रेसिडेन्ट चिकित्सक तथा अन्य नागरिकहरुले पनि सरकारलाई दबाब दिन विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ३ : ४५ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा