माल्दिभ्सका पूर्व उपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै २० बर्ष जेल सजाय « Khabarhub

माल्दिभ्सका पूर्व उपराष्ट्रपतिलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै २० बर्ष जेल सजाय


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् ।

सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल चलान नगर्दासम्म अदीब पूर्व राष्ट्रपति अब्दुल्ला यमीनको घनिष्ठ सहयोगी मानिन्थिए ।

फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवद्र्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो ।

उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन (व्यवसायिक रकम) प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो ।

अदीब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमीनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर भएपछि गत वर्षको नोभेम्बरदेखि नै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमीन अहिले जेलमा छन् ।

“अदीबले अनुसन्धानमा राज्यलाई सहयोग गर्दै अदालती अनुसन्धानमा सहयोग गरेका थिए । अदालती सुनुवाइका क्रममा लेनदेनको आधारमा मुद्दालाई आफ्नो हितमा पार्न खोजेको आरोप अदालतका एक अधिकारीले लगाए । अदीबलाई सुनाइएको २० वर्षको सजाय उहाँले गरेको अपराधको लागि न्यून सजाय भएको ती अधिकारीले बताए ।

अदीबलाई फौजदारी अदालतले निर्दोष ठहर गरेको थियो तर सरकारी अभियोजनकर्ताहरूले उक्त मुद्दामाथि उच्च अदालतमा पुनरावेदन गरेपछि यसमाथि थप अनुसन्धान तथा सुनुवाइ भएको थियो ।

पूर्व पर्यटनमन्त्री रहेका अदीवलाई यमीनले उप राष्ट्रपति नियुक्त गर्नुभएको थियो । तर दुबै जना निर्वाचनपछि सत्ताबाट बाहिरिनु परेको थियो ।

सन् २०१५को सेप्टेम्बरमा राष्ट्रपतिको डुङ्गामा भएको विस्फोटपछि यमीनको हत्या गर्ने प्रयास गरेको आरोपमा अदीबलाई १५ बर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, सन् २०१८ को पुनः निर्वाचनमा अभियानमा यमीनको पराजयपछि अदीबमाथि लागेको हत्या प्रयासको आरोप हटाइएको थियो ।

गत वर्ष अगस्टमा भ्रष्टाचार आरोप लागेका अदीबले अवैध रूपमा देश छोडी छिमेकी मुलुक भारतमा शरण लिन चाहेका अदीबलाई भारतले शरण नदिने बताएपछि उहाँमाथि लागेको आरोपमाथिको सुनुवाइका लागि उनलाई माल्दिभ्सतर्फ नै फर्काइएको थियो ।

यमीनले आफ्नो पाँच बर्षे कार्यकालमा सबै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कि त जेलमा थुनेर राख्नुभएको थियो कि उनीहरू निर्वासन बस्न बाध्य पारिएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ५ : १५ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र