ताइवानलाई एक अर्बभन्दा बढीको हतियार वेच्दै अमेरिका, चीनसँग तनाव बढ्ने संकेत « Khabarhub

ताइवानलाई एक अर्बभन्दा बढीको हतियार वेच्दै अमेरिका, चीनसँग तनाव बढ्ने संकेत


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले ताइवानलाई एक अर्ब डलरभन्दा बढीका अत्याधुनिक हतियार बेच्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एक सय आठ अर्ब डलरको हतियार ताइवानलाई विक्रीका लागि स्वीकृती दिएको छ ।

ताइवानको रक्षा क्षमता सुधारका लागि १३५ वटा जमिनबाट हान्ने मिसाइलसहितका हतियार छन् । अमेरिकाले ताइवानलाई ती हतियार चलाउने प्रशिक्षण पनि दिनेछ । यो प्याकेज कम्तीमा एक अर्ब डलरबराबरको हुने बताइएको छ।

चीन र ताइवानबीचको सम्बन्धमा तनाव उत्पन्‍न भइरहेका बेला ताइवानले अमेरिकाबाट उक्त हतियार ल्याउन लागेको हो ।

चीनले ताइवानलाई बारम्बार आक्रमणको चेतावनी दिएको छ । स्वशासित टापुमा हस्तक्षेप नगर्न अन्य शक्ति राष्ट्रहरुलाईसमेत चीनले चेतावनी दिदै आएको छ ।

दशकौंदेखि चीनले ताइवान आफ्नो भएको दाबी गर्दै आएको छ । तर, ताइवानले आफू स्वतन्त्र रहेको बताउँदै आएको छ ।

ठूलो धनराशिको आधुनिक हतियार बिक्रीले वासिङ्टन र बेइजिङबीचको सम्बन्ध थप चिसिने आशंका बढेको छ ।

चीन र अमेरिकाबीच केही वर्षदेखि व्यापारयुद्ध जारी छ। पछिल्लो समय कोरोना भाइरसको महामारी, तिब्बत, हङकङ र दक्षिणी चीन सागरका विषयमा पनि अमेरिका र चीनबीच तनाव छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु