पत्रकार स्व बर्माको अन्त्येष्टि « Khabarhub

पत्रकार स्व बर्माको अन्त्येष्टि


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय समाचार समिति(रासस) का धादिङका दिवङ्गत जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको आज पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

पत्रकार बर्माप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता राजेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसका नेता दिलमान पाख्रिन, कांग्रेस धादिङका सभापति रमेश धमला, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीलगायत काठमाडौँ र धादिङका पत्रकार पशुपति पुगेका थिए ।

स्व बर्मालाई उनका सुपुत्र मिलनले दागबत्ती दिएका थिए । पत्रकार बर्माको उपचारका क्रममा आजै बिहान ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उपचारका क्रममा उनमा कोरोना संक्रमण भएपनि उनी कोरोनाबाट मुक्त भएका थिए ।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए । करीब तीन दशकदेखि राससमा कार्यरत उनी सो संस्थाबाट पनि सम्मानित भएका थिए ।

गोरखा पुर्ख्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १ : ०७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित