१० किलो बढी अफिमसहित पक्राउ « Khabarhub

१० किलो बढी अफिमसहित पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके प्रहरीले ठूलो परिमाणको अफिम र पटाका बरामद गरेको छ।

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जाजरकोटका तिलकबहादुर शाही बाँकेबाट १० किलो चार सय ग्राम अफिमसहित पक्राउ परेका छन्।

खजुरा गाउँपालिका वडा नं ८ बाट शाही अफिमसहित पक्राउ परेका हुन्। पहाडी जिल्लामा उत्पादन हुने लागुऔषध अफिम र चरेसको कारोबार बाँके हुँदै भारतमा हुने गरेको पाइन्छ।

गत शनिबार मात्रै बाँके प्रहरीले तीन किलो अफिमसहित रुकुम पश्चिमका एकजनालाई नियन्त्रणमा लिएको थियो।

यस्तै बाँके प्रहरीले जमुनाहाबाट ठूलो मात्रामा पटाका बरामद गरेको छ। पाँच लाख रुपैयाँभन्दा बढीको पटाका बरामद भएको एसपी रानाले जानकारी दिए। भारतको रुपैडिहाबाट जमुनाहा गाउँ हुँदै नेपालगञ्ज भित्रिएको पटाका प्रहरीले नियन्त्रणमा लिएको हो।

मोटरसाइकलमा राखेर पटाका ल्याइरहेका व्यक्तिहरु प्रहरीलाई देखेपछि पटाका फालेर भागेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : २३ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार