एउटा ‘गुलावी हिरा’ को मूल्य ६ अर्ब ! « Khabarhub

एउटा ‘गुलावी हिरा’ को मूल्य ६ अर्ब !


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एउटा हिराको मूल्य कति हुन सक्छ ? महंगो धातुमा पर्ने हिरा करोडौँ परेको त सुनिएको छ ।

तर, अर्बौ भन्दा अचम्मित मान्न सक्नुहुन्छ । तर सत्य यही हो ।एक दुर्लभ गुलाबी हिरालाई ५० मिलियन डलर अर्थात् नेपाली ५ अर्ब ७६ करोड रुपैयाँ मा खरिद गरिएको छ । प्रतिक्यारेट मूल्यको हिसाबले यो एउटा विश्वरेकर्ड नै हो ।

‘पिंक लेगेसी’ नामको यो हिराको तौल १९ क्यारेट छ । यसलाई अमेरिकी ब्रान्ड ह्यारी विन्स्टनले जेनेभामा भएको एक लिलामीमा खरिद गरेका हुन् ।

क्रिस्टिज अक्सन हाउसको युरोपका प्रमुखले भनेका छन्, ‘हिराको प्रतिक्यारेट मूल्यको हिसाबले यसले विश्वरेकर्ड स्थापित गरेको छ ।’

हिराको लिलामी सुरु भएको ५ मिनेटभित्र नै यसलाई खरिद गरिएको थियो । नयाँ मालिकले यसलाई ‘विन्स्टन पिंक लेगेसी’ नाम दिएका छन् ।

सबैभन्दा शानदार हिरामध्येको एक !

यो हिरा डि बियर्स उत्खनन कम्पनी चलाउने ओपेहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टिज अक्सन हाउसका इन्टरनेसनल हेड अफ जुलरी राहुल कडाकिया भन्छन्, ‘यसलाई संसारको सबैभन्दा शानदार हिरा गनिन्छ ।’

उनले भनेका छन्, ‘यसको गुलाबी रङ एक क्यारेट हिरामा पनि निकै सजिलै देख्न सकिन्छ । तर, यो हिरा लगभग १९ क्यारेटको छ । र, पूर्ण रूपमा गुलाबी छ । यो अविश्वनीय छ ।’

यसलाई रंगको गाढापनको सबैभन्दा उच्च श्रेणी ‘फेन्सी विविड’ मा राखिएको छ । यो हिरा दक्षिण अफ्रिकामा १०० वर्षअघि भेटिएको थियो ।

क्रिस्टी अक्सन हाउसका अनुसार सन् १९२० पछि सम्भवतः यसलाई दोस्रोपटक काटिएको छैन ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ५ : ३० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार