एउटा ‘गुलावी हिरा’ को मूल्य ६ अर्ब ! | Khabarhub Khabarhub

एउटा ‘गुलावी हिरा’ को मूल्य ६ अर्ब !


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एउटा हिराको मूल्य कति हुन सक्छ ? महंगो धातुमा पर्ने हिरा करोडौँ परेको त सुनिएको छ ।

तर, अर्बौ भन्दा अचम्मित मान्न सक्नुहुन्छ । तर सत्य यही हो ।एक दुर्लभ गुलाबी हिरालाई ५० मिलियन डलर अर्थात् नेपाली ५ अर्ब ७६ करोड रुपैयाँ मा खरिद गरिएको छ । प्रतिक्यारेट मूल्यको हिसाबले यो एउटा विश्वरेकर्ड नै हो ।

‘पिंक लेगेसी’ नामको यो हिराको तौल १९ क्यारेट छ । यसलाई अमेरिकी ब्रान्ड ह्यारी विन्स्टनले जेनेभामा भएको एक लिलामीमा खरिद गरेका हुन् ।

क्रिस्टिज अक्सन हाउसको युरोपका प्रमुखले भनेका छन्, ‘हिराको प्रतिक्यारेट मूल्यको हिसाबले यसले विश्वरेकर्ड स्थापित गरेको छ ।’

हिराको लिलामी सुरु भएको ५ मिनेटभित्र नै यसलाई खरिद गरिएको थियो । नयाँ मालिकले यसलाई ‘विन्स्टन पिंक लेगेसी’ नाम दिएका छन् ।

सबैभन्दा शानदार हिरामध्येको एक !

यो हिरा डि बियर्स उत्खनन कम्पनी चलाउने ओपेहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टिज अक्सन हाउसका इन्टरनेसनल हेड अफ जुलरी राहुल कडाकिया भन्छन्, ‘यसलाई संसारको सबैभन्दा शानदार हिरा गनिन्छ ।’

उनले भनेका छन्, ‘यसको गुलाबी रङ एक क्यारेट हिरामा पनि निकै सजिलै देख्न सकिन्छ । तर, यो हिरा लगभग १९ क्यारेटको छ । र, पूर्ण रूपमा गुलाबी छ । यो अविश्वनीय छ ।’

यसलाई रंगको गाढापनको सबैभन्दा उच्च श्रेणी ‘फेन्सी विविड’ मा राखिएको छ । यो हिरा दक्षिण अफ्रिकामा १०० वर्षअघि भेटिएको थियो ।

क्रिस्टी अक्सन हाउसका अनुसार सन् १९२० पछि सम्भवतः यसलाई दोस्रोपटक काटिएको छैन ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ५ : ३० बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज