एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर « Khabarhub

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिंक उपलब्ध गराएको अवसरमा कम्पनीले उपभोक्तालाई आकर्षक उपहार जित्ने अवसरसहित यो योजना ल्याएको हो ।

यस अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अवसर पाउनेछन् ।

योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । क्यूआर कोड स्क्यान गरेपछि आफ्नो आवश्यक विवरण दर्ता गरी उपभोक्ताले स्वतः उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीका अनुसार प्रत्येक महिना लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ । यसले उपभोक्तालाई एक्स्ट्रिमका विभिन्न स्वादको अनुभव लिनुका साथै आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्नेछ ।

नयाँ स्वादको आगमनसँगै सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ एक्स्ट्रिम इनर्जी ड्रिंकको लोकप्रियता थप बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध अझ मजबुत बनाउने कम्पनीको विश्वास छ । उपभोक्ताको माया र विश्वासलाई विशेष उपहारमार्फत सम्मान गर्दै जाडो मौसमलाई थप रोमाञ्चक बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : १२ बजे

‘पुष्पा २’लाई पछाडि पार्दै ‘रामायण’ चौथो स्थानमा, ‘बाहुबली २’ रेकर्ड तोडिएला ?

काठमाडौं– बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ले बक्स अफिसमा

हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परी दुई तेल ट्याङ्करमा आगलागी

तेहरान- मध्यपूर्वमा तनाव चर्किरहेका बेला ओमानको खसाब बन्दरगाह नजिकैको हर्मुज

बाढीले पुरेको मर्स्याङ्दीको धार खुलाउने पहल

मनाङ- मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल गेग्रानले

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौं– एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ

कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश