यो हो निर्माण कार्य अधुरो रहेको उत्तर कोरियाको डरलाग्दो ‘भूत होटल’ « Khabarhub

यो हो निर्माण कार्य अधुरो रहेको उत्तर कोरियाको डरलाग्दो ‘भूत होटल’


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा विभिन्न अनौठा र अचम्मका चिजहरु हुने गर्दछन् । उत्तर कोरीयामा रहेको होटल पनि तिनै मध्येको एक हो । उक्त होटललाई भूत होटल वा श्रापित होटल मान्ने गरिन्छ ।

पिरामिडको आकारमा बनेको यो होटल संसारकै सबैभन्दा लक्जरी र अग्लो होटल हो । तर त्यहाँ भूत रहेको भन्दै ३३ वर्ष यता निर्माण कार्य अधुरो रहेको छ ।

यो अनौठो होटल प्योंगयोंगमा अवस्थित छ । उक्त होटलको आधिकारिक नाम रयुगयोंग हो । तर होटललाई यु क्युंग भनेर पनि चिन्ने गरिन्छ ।

३३० मिटर अग्लो यो होटलमा १०५ वटा कोठाहरु छन् । तर आजसम्म पनि कोहि व्यक्ति त्यहाँ बसेका छैनन् । उत्तर कोरियाले उक्त होटल निर्माणमा ७५० मिलियन डलर खर्च गरेको छ ।

तर आजसम्म पनि उक्त होटलको ओपनिङ्ग हुन सकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार तोकिएको समयसम्म होटल सकिएको भए उक्त होटल सबैभन्दा ठूलो र उचाईमा रहेको सातौँ होटलमा समावेश हुने थियो ।

यो होटलको निर्माण कार्य सन् १९८७ मा शुरु भएको थियो । सन् १९९२ मा होटल बनाउन छोडिएको थियो । तर सन् २००८ मा काम फेरी शुरु गरिएको थियो । त्यसबेला लगभग १७ अर्ब रुपैयाँ खर्च भएको थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ४ : ०६ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै