झापा र उदयपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

झापा र उदयपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ को झापा र  उदयपुरमा भएकव सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुका अनुसार को२प ६९७० नंको मोटरसाइकलको ठक्करबाट गएराति गम्भीर घाइते भएका विष्टको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै उदयपुरको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा शनिबार साँझ एक परिचय नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ घरबाट बाहिर सडक पार गरेर अर्को टोल जाने क्रममा रामपुर ठोक्सीलाबाट पूर्वतर्फ गइरहेको परिचय नखुलेको चारचक्के गाडीले खड्कालाई ठक्कर दिँदा खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

तीव्र गतिमा आइरहेको गाडीले खड्कालाई ठक्कर दिएर गाडी र चालक फरार रहेका कारण गाडी र चालकको खोजी शुरु भइरहेको उदयपुरको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : ३५ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।