हुलाकी सडक : अतिक्रमित र पुराना संरचना भत्काइँदै « Khabarhub

हुलाकी सडक : अतिक्रमित र पुराना संरचना भत्काइँदै


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकका दायाँबायाँ १५/१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाई भत्काउन शनिबारदेखि शुरुआत गरेको हो ।

नगर क्षेत्रका राममन्दिर, हुलाक, जिल्ला प्रशासन, मालपोत र जिल्ला अदालतलगायत कार्यालयको परिसर भत्काइएको छ । बहुप्रतीक्षित हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफैँ हटाउन प्रशासन र स्थानीय तहले समेत सार्वजनिक सूचनामार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।

कार्यालयका इञ्जिनीयर आशुतोष कर्णले राजमार्ग निर्माणका क्रममा सिरहा सडकमा केही समस्या देखिए पनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल गरेर सहमतिका माध्यमबाट निकास दिने काम भइरहेको जानकारी दिए ।

उनले राजमार्गअन्तर्गत हालसम्म १५ किमी सडकमा पहिलो तहको कालोपत्र गर्ने काम सम्पन्न भएको बताए। सप्तरीका कञ्चनपुरदेखि राजविराजकासम्म र राजविराजदेखि बलान विहुलसम्मका दुई खण्डमा ४६ किमी सडकखण्डमा २२ पुल निर्माण गर्नुपर्ने कार्यालयले जनाएको छ ।

तीमध्ये हालसम्म छ वटा मात्र सम्पन्न भएको छ । बाँकी निर्माणकै क्रममा रहेको कार्यालयले जनाएको छ । ती दुई खण्ड झण्डै रु दुई अर्बमा निर्माण हुने छ । विसं २०७८ वैशाखसम्म सडकको सप्तरीखण्डको काम पूरा गरिसक्ने लक्ष्य रहेको छ ।

यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिकाले पनि हुलाकी सडकको बिसनपुर–स्वर्णपट्टी सडकखण्डमा अतिक्रमण हटाउन शुरुआत गरेको छ ।

नगरपालिकाले नगर क्षेत्रको सडकअन्तर्गत बिसनपुर–स्वर्णपट्टी खण्डमा सडकका दायाँबायाँ अतिक्रमण हटाएको स्थानीयबासी लोकेन्द्रप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले निर्माण सामग्री बालुवा, गिट्टी, छड, काठ, दाउरालगायत कठघरा (गुम्टी), खाद्यान्न, गुइँठा, ठूला सवारी साधन र अस्थायी पसल हटाएको थियो ।

सडकमा ती सामग्री महिनौँ दिनसम्म राख्दा बाटो नै साँघुरो भई सवारी साधनलाई आवतजावत गर्न अवरोध हुनाका साथै सडक नै कुरुप भएको थियो । नगरपालिकाले ती अतिक्रमण हटाउन पटकपटक सूचना जारी गर्दा पनि नगरबासीले अटेर गर्दै आएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १ : १७ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत