अदालतमा रिट परेपछि मालपोतद्वारा सेवा तालिका सार्वजनिक « Khabarhub

अदालतमा रिट परेपछि मालपोतद्वारा सेवा तालिका सार्वजनिक


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– उच्च अदालतमा रिट परेपछि सुर्खेत मालपोत कार्यालयले स्थानीय तहअनुसार सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

मालपोतले सेवा प्रवाहलाई सहज बनाउनुका साथै कोभिड–१९ को महामारीबाट सुरक्षित रहन यस्तो निर्णय गरेको हो ।

जिल्ला मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले हरेक साताको आइतबार, सोमबार चौकुने, बराहताल, चिङ्गाड, पञ्चपुरी, लेकवेशी र भेरीगङ्गा तथा मङ्गलबारदेखि शुक्रबारसम्म वीरेन्द्रनगर नगरपालिकाका सेवाग्राहीका लागि समय तोकिएको जानकारी दिए ।

सेवा तालिका आइतबारदेखि नै लागू भएको जनाइएको छ । यसअघि पहुँचका भरमा सेवाग्राहीले सेवा लिँदै आएका थिए ।

मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक सास्ती झेल्नुपरेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।  बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न मालपोत कार्यालयलगायत विपक्षीका नाउमा आदेश दिएको छ ।

रिट निवेदनमा मालपोतका साथै जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : १० बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी