बीबीसीको एक सय प्रभावशाली महिलामा पर्न सफल सपनालाई नगदसहित सम्मान « Khabarhub

बीबीसीको एक सय प्रभावशाली महिलामा पर्न सफल सपनालाई नगदसहित सम्मान


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– बीबीसीको सय प्रभावशाली महिलामा पर्न सफल सपना राेक्का मगरललाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नगदसहित सम्मान गरेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे।

मगरलाई रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन्। सम्मानस्वरुप प्राप्त रकम आफूजस्तै बेसहाराका लागि खर्च गर्ने बताइन्।

सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उप क्षेत्रीय संयोजक मनोज गोर्खाली लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : २५ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित