इराकी संसदमा विदेशी सेना लैजाने प्रस्ताव पारित, अमेरिकाले सेना फिर्ता नगर्ने | Khabarhub Khabarhub

इराकी संसदमा विदेशी सेना लैजाने प्रस्ताव पारित, अमेरिकाले सेना फिर्ता नगर्ने


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकी संसदले इराकमा रहेका विदेशी सेना फिर्ता पठाउने निर्णय गरेपनि अमेरिकाले इराकबाट आफ्ना सेना फि फिर्ता नलैजाने भएको छ ।

इराकले संसदबाट सेना फिर्ताको प्रस्ताव पारित गर्दै सेना फिर्ता जानुपर्ने आसयको पत्र पठाएपनि अमेरिकाले सेना फिर्ता नलैजाने भएको हो ।

इराकी प्रधानमन्त्रीले अमेरिकी सेना फिर्ता जानु पर्ने बताएपछि जनरलले पठाएको पत्रमा आउँदा दिन तथा हप्ताहरुमा सेना फिर्ता लैजानु पर्ने आशयसहितको पत्र पठाएका थिए । तर, अमेरिकी रक्षा मन्त्री मार्क एस्परले सेना फिर्ता नबोलाउने बताएका हुन् ।

इराकमा तैनाथ अमेरिकी सैन्य दस्ताका प्रमुख ब्रिगेडियर जनरल विलियम एम सीलीले संयुक्त अपरेशनका उपनिर्देशक अब्दुल अमिरलाई पठाएको पत्रमा निकट भविष्यमै अमेरिकी सेना फिर्ता लैजाने तयारी गर्नु पर्ने उल्लेख गरेका थिए । तर रक्षा मन्त्री एस्परले भने अहिले नै सेना फिर्ता बोलाउने सम्बन्धी कुनै निर्णय नभएको बताएका हुन् ।

गएको शुक्रबार अमेरिकाले गरेको हवाई आक्रमणमा इराकको राजधानी बग्दादमा रहेको विमानस्थलबाट बाहिरिँदै गरेका इरानी उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीका मृत्यु भएपछि अमेरिकी सेनामाथि चुनौती थपिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएका हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएपछि अहिले तनावको अवस्था छ र अमेरिका तथा इरानले एक अर्कालाई धम्की दिइरहेका छन् । इराकले पनि आफ्नो भूमि अरु कसैका विरुद्ध प्रयोग हुन नदिने बताएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : १३ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने