इराकी संसदमा विदेशी सेना लैजाने प्रस्ताव पारित, अमेरिकाले सेना फिर्ता नगर्ने « Khabarhub

इराकी संसदमा विदेशी सेना लैजाने प्रस्ताव पारित, अमेरिकाले सेना फिर्ता नगर्ने


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकी संसदले इराकमा रहेका विदेशी सेना फिर्ता पठाउने निर्णय गरेपनि अमेरिकाले इराकबाट आफ्ना सेना फि फिर्ता नलैजाने भएको छ ।

इराकले संसदबाट सेना फिर्ताको प्रस्ताव पारित गर्दै सेना फिर्ता जानुपर्ने आसयको पत्र पठाएपनि अमेरिकाले सेना फिर्ता नलैजाने भएको हो ।

इराकी प्रधानमन्त्रीले अमेरिकी सेना फिर्ता जानु पर्ने बताएपछि जनरलले पठाएको पत्रमा आउँदा दिन तथा हप्ताहरुमा सेना फिर्ता लैजानु पर्ने आशयसहितको पत्र पठाएका थिए । तर, अमेरिकी रक्षा मन्त्री मार्क एस्परले सेना फिर्ता नबोलाउने बताएका हुन् ।

इराकमा तैनाथ अमेरिकी सैन्य दस्ताका प्रमुख ब्रिगेडियर जनरल विलियम एम सीलीले संयुक्त अपरेशनका उपनिर्देशक अब्दुल अमिरलाई पठाएको पत्रमा निकट भविष्यमै अमेरिकी सेना फिर्ता लैजाने तयारी गर्नु पर्ने उल्लेख गरेका थिए । तर रक्षा मन्त्री एस्परले भने अहिले नै सेना फिर्ता बोलाउने सम्बन्धी कुनै निर्णय नभएको बताएका हुन् ।

गएको शुक्रबार अमेरिकाले गरेको हवाई आक्रमणमा इराकको राजधानी बग्दादमा रहेको विमानस्थलबाट बाहिरिँदै गरेका इरानी उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीका मृत्यु भएपछि अमेरिकी सेनामाथि चुनौती थपिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएका हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएपछि अहिले तनावको अवस्था छ र अमेरिका तथा इरानले एक अर्कालाई धम्की दिइरहेका छन् । इराकले पनि आफ्नो भूमि अरु कसैका विरुद्ध प्रयोग हुन नदिने बताएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ७ : १३ बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा