विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा हुने « Khabarhub

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा हुने


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीले पोखरामा बन्द प्रशिक्षण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार मुलपानीमा बसेको बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगामी शुक्रबारदेखि पोखरामा शुरु गर्ने निर्णय गरेको छ ।

ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा माघ २२ देखि २९ गतेसम्म हुनेछ ।

सोमबार बसेको क्यानको बैठकले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा गर्ने, अभ्यासका क्रममा मलेसिया ११ टोलीसँग मैत्रिपूर्ण क्रिकेट खेल्ने लगायतका निर्णय गरेको क्यानका प्रवक्ता असोकनाथ प्याकुरेलले बताएका छन् ।

त्यस्तै क्यान बैठकले प्रदेश र जिल्लालाई पनि केही आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश क्यानलाई ३–३ लाख र सदस्य जिल्लाहरुलाई १–१ लाख रुपैयाँ दिने निर्णय गरेको सचिव प्रवक्ता प्याकुरेलले बताए ।

क्यान बैठकले दैनिक काम कारबाही गर्न कार्यसम्पादन समितिसमेत गठन गरिएको छ । जसमा अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष राजबाबु श्रेष्ठ, सचिव असोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह र एकजना सदस्य अमितबीर पाण्डे रहेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : २४ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने