पर्यटनमन्त्री भट्टराईको स्पष्टीकरण– अस्ट्रेलियाको र्‍यालीमा कसैले रोक लगाएको हैन « Khabarhub

पर्यटनमन्त्री भट्टराईको स्पष्टीकरण– अस्ट्रेलियाको र्‍यालीमा कसैले रोक लगाएको हैन


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको प्रचारका लागि अस्ट्रेलियाको सिड्नीमा आयोजित र्‍यालीमा त्यहाँको प्रशानद्वारा कुनै हस्तक्षेप नभएको बताएका छन् ।

अस्ट्रेलियास्थित नेपाली दूतावासाको अयोजना तथा गैरआवासीय संघ (एनआरएन) लगायत संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि मौन जुलुस (र्‍याली) निकालिएकोमा नेपाली सञ्चारमाध्यमले त्यसप्रति नकरात्मक समाचार सम्प्रेषण गरेको पनि मन्त्री भट्टराईले आरोप लगाएका छन् ।

यसअघि स्थानीय प्रशासनसँग अनुमति नै नलिइ र्‍याली आयोजना गरिएपछि सिड्नी प्रहरीले रोक लगाएको खबर सार्वजनिक भएको थियो ।

पछि, त्यहाँस्थित नेपाली दूतावासका अधिकारीले स्थानीय प्रशासन र न्यू साउथ वेल्स स्टेटका गर्भनरसँग समन्वय गरेर र्‍यालीसहितको कार्यक्रमलाई अगाडि बढाइएको जनाइएको छ ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय रुपमा नेपाल भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ भएको पनि बताएका छन् ।

मन्त्री भट्टराईका अनुसार नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका सभामुखसहित अस्ट्रेलियाका सत्तापक्ष र प्रतिपक्षी दलका नेताको सहभागिता थियो ।


बिना अनुमति र्‍याली निकालेको भन्दै अस्ट्रेलिया प्रहरीद्वारा रोकिए पर्यटनमन्त्री भट्टराई

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १ : १४ बजे

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति