जनकपुर उपमहानगरपालिकामा पत्रकार र मेयरबीच कुटाकुट « Khabarhub

जनकपुर उपमहानगरपालिकामा पत्रकार र मेयरबीच कुटाकुट


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ ।

जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच घम्साघम्सी भएको हो ।

मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो ।

दुवै पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएपछि उपमहानगरपालिकाको प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेको छ ।

तर, प्रतिक्रिया लिन गएका पत्रकारहरुले भने आफूहरुलाई कोठामा थुनेर कुटेको आरोप लगाएका छन् ।

मेयर साहले आफ्नो कार्यकक्षको ढोका थुन्न लगाइ आफ्ना आसेपासे र नगर प्रहरी लगाएर आफूहरुमाथि कुटपिट गरेको पीडित पत्रकारहरुको भनाइ छ ।

नेपाल पत्रकार महासंघ घनुषा शाखाका सभापति समेत रहेका अनिल मिश्र, पत्रकारहरु अमरकान्त अमर, विकास साह, समित मिश्र लगायतले आफूहरुमाथि मेयरले कुटपिट गरेका आरोप लगाएका छन् ।

तर, मेयर साहले भने पत्रकारले नै आफूमाथि पहिले हातपात गरेको बताएका छन् । खबरहबसँगको टेलिफोन कुराकानीमा मेयर साहले भने– ‘उहाँहरु समाचारका लागि भनेर आउनुभएको रहेछ । कार्यकक्षमा एकजना वडाध्यक्ष ज्यु डेलिगेसनसहित आउनुभएको थियो । म उहाँसँगको छलफलमा थिए । वडाध्यक्षसँग कुरा गरिरहेकै बेला एक्कासी आएर उहाँ (पत्रकार)हरुले नानाथरी आरोप लगाउनुभयो । मैले यी सबै विषयमा प्रतिक्रिया दिन सक्दिन भने । उहाँहरुले हातपात नै गर्न खोज्नुभो । त्यसपछि नगर प्रहरीले उहाँहरुलाई त्यहाँबाट बाहिर निकालेको हो ।’

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ३ : ४९ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा