जनकपुर उपमहानगरपालिकामा पत्रकार र मेयरबीच कुटाकुट « Khabarhub

जनकपुर उपमहानगरपालिकामा पत्रकार र मेयरबीच कुटाकुट


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ ।

जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच घम्साघम्सी भएको हो ।

मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो ।

दुवै पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएपछि उपमहानगरपालिकाको प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेको छ ।

तर, प्रतिक्रिया लिन गएका पत्रकारहरुले भने आफूहरुलाई कोठामा थुनेर कुटेको आरोप लगाएका छन् ।

मेयर साहले आफ्नो कार्यकक्षको ढोका थुन्न लगाइ आफ्ना आसेपासे र नगर प्रहरी लगाएर आफूहरुमाथि कुटपिट गरेको पीडित पत्रकारहरुको भनाइ छ ।

नेपाल पत्रकार महासंघ घनुषा शाखाका सभापति समेत रहेका अनिल मिश्र, पत्रकारहरु अमरकान्त अमर, विकास साह, समित मिश्र लगायतले आफूहरुमाथि मेयरले कुटपिट गरेका आरोप लगाएका छन् ।

तर, मेयर साहले भने पत्रकारले नै आफूमाथि पहिले हातपात गरेको बताएका छन् । खबरहबसँगको टेलिफोन कुराकानीमा मेयर साहले भने– ‘उहाँहरु समाचारका लागि भनेर आउनुभएको रहेछ । कार्यकक्षमा एकजना वडाध्यक्ष ज्यु डेलिगेसनसहित आउनुभएको थियो । म उहाँसँगको छलफलमा थिए । वडाध्यक्षसँग कुरा गरिरहेकै बेला एक्कासी आएर उहाँ (पत्रकार)हरुले नानाथरी आरोप लगाउनुभयो । मैले यी सबै विषयमा प्रतिक्रिया दिन सक्दिन भने । उहाँहरुले हातपात नै गर्न खोज्नुभो । त्यसपछि नगर प्रहरीले उहाँहरुलाई त्यहाँबाट बाहिर निकालेको हो ।’

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ३ : ४९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा