काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की
सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दिएको आपत्तिजनक अभिव्यक्तिप्रति असन्तुष्ट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई भेटेका छन्।

उनले सुनारले संसदीय मर्यादासमेत भुलेर आफूविरुद्ध संसदीय समितिको बैठकमा दिएको अभिव्यक्ति र गरेको व्यवहारबारे गम्भीर ध्यानाकर्षण गराएका हुन्।
कार्की नेपाल प्रहरीका अन्य उच्च अधिकारीसहित सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । उता सुनार केही दिनयता गुमनाम जस्तै छन्। प्रधानमन्त्री वालेन्द्र शाहनिकट मानिने खगेन्द्रले आईजीपीलाई अमर्यादित व्यवहार गरेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार कडा आपत्ति जनाएका छन्।
जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम
पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको भन्दै आफूले यसबारे थप टिप्पणी नगर्ने बताएका छन् ।
आफूपक्षीय नेताहरुले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीको जारी विवाद अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको क्रममा रहेकाले यस विषयमा धेरै टिप्पणी गर्नु उपयुक्त नहुने बताए ।

उनले अदालतप्रति आफ्नो पूर्ण आस्था रहेको र न्यायपालिकाबाट उचित न्याय पाइने कुरामा आफू पूर्ण रूपमा विश्वस्त रहेको स्पष्ट पारे । सम्बोधनका क्रममा देउवाले पार्टीको वर्तमान स्थिति र भविष्यको बाटोबारे चर्चा गर्दै कांग्रेसभित्र सामान्य सम्झौता मात्र नभई भावनात्मक रूपमै सच्चा एकता र विलयको आवश्यकता रहेकोमा जोड दिए ।
पार्टी एकताले मात्र देशलाई विकराल स्थितिबाट जोगाउन सक्छ : महालक्ष्मी उपाध्याय ‘डिना’
विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक
अहिले नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यहाँ शरीर मात्रै छ, आत्मा छैन : डा महत
झलनाथ खनाल र मोहनविक्रम सिंहबीच राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल
पार्टीलाई एकजुट बनाउन लचिलो बनौँ : गच्छदार
१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मात्र १५औँ महाधिवेशन गराउने अधिकार छ : निधि
‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)
पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा
श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए
बजारबाट जनताको याचना : सरकार ग्यास देऊ !
भरतपुरका विजय कमली ग्यास नपाएर भौँतारिएको तीन दिन भइसक्यो । उनी ग्यास पाउने आसमा एकदेखि अर्को ठाउँ निरन्तर कुदिरहेका छन् ।
कसैले ग्यास पाउन नागरिकता देखाउनुपर्छ भनेपछि उनले गोजीमा नागरिकताको प्रतिलिपी बोकेरै हिँडेका छन् ।

‘टेम्पोमा खाली सिलिन्डर हालेर हिँडेको तीन दिन भइसक्यो । नागरिकताको फोटोकपी पनि लिएरै हिँडेको छु । त्यही पनि ग्यास पाउन गाह्रो भयो,’ घरबाट ६ किलोमिटर टाढा ग्यास खोज्दै हिँडेका उनले सुनाए ।
ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)
ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा
नागरिकले नयाँ गर्न खोज्दैछन् भने राज्यले प्रवद्र्धन र सहयोग गर्नुपर्छ : सभापति थापा
मानवअधिकार आयोग गुहार्न पुगे लघुवित्तपीडित (तस्बिरहरू)
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)
वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति
गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थपेको छ।
बुधबार मध्यराति ललितपुरबाट पक्राउ गरिएका उनलाई अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले दिएको हो ।

बिहीबार दिउँसोदेखि अपराह्नसम्म भएको बहसपछि न्यायाधीश लुइँटेलले अनुसन्धानका लागि तीन दिन थुनामा पठाउन आदेश दिएका हुन् ।
प्रहरीले श्रेष्ठलाई बिहीबार अपरान्ह ४ बजेपछि मात्रै म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराएको थियो ।
पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’
किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग
होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए
भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका एकजना सुकुम्बासी झुन्डिएको अवस्थामा भेटिएका छन्।
कीर्तिपुरको राधा स्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि स्थानान्तरण गरी कृषि तालिम केन्द्रमा ल्याइएका बारा सुवर्ण गाउँपालिका–२ निवासी ५७ वर्षीय हिरालाल पासवान झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

पासवान कृषि तालिम केन्द्रको तीनतले पक्की भवनको दोस्रो तलास्थित कोठा नम्बर २०७ मा भित्र मृत भेटिएका हुन्। उनी उक्त कोठामा चुकुल लगाएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी कोठाभित्र फ्यान राख्न प्रयोग गरिएको फलामको हुकमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।
कागबेनी-छुसाङ सडक निर्माण सुरु
महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र
खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली
मन्त्रिपरिषद्का ५ निर्णय : सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ।
सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादव छन्।
त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय भएको छ।
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
उपनिर्वाचनमा फराजको पुनरागमन
बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा स्पष्ट मतान्तरसहित विजयी भएका छन् ।
प्रमुख राजनीतिक दलहरूले उम्मेदवार नउठाएको निर्वाचनमा हास्य कलाकार तथा स्वतन्त्र उम्मेदवार ‘काउन्ट बिनफेस’ प्रमुख चुनौतीका रूपमा देखिए पनि फराजले संसद्मा आफ्नो पुनरागमन सुनिश्चित गरेका हुन् । फराजले २२ हजार २३९ मत प्राप्त गरेका छन् ।

यो सन् २०२४ को आमनिर्वाचनमा उनले प्राप्त गरेको मतभन्दा करिब एक हजार बढी हो । उनका निकटतम प्रतिद्वन्द्वी जोनाथन डेभिड हार्वी अर्थात् ‘काउन्ट बिनफेस’ ले नौ हजार ४५५ मत प्राप्त गरे । ‘काउन्ट बिनफेस’ले आफूलाई ‘अन्तरिक्ष योद्धा’ का रूपमा प्रस्तुत गर्दै फोहोर राख्ने भाँडोको पोसाक लगाएर चुनावी अभियान चलाएका थिए । उनीसहित ३२ जना स्वतन्त्र तथा नयाँ धारका उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि क्ल्याक्टन उपनिर्वाचनले बेलायतमा विशेष चर्चा पाएको थियो ।
इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी
इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने
विषाक्त खानाबाट इन्डोनेसियामा २६९ विद्यार्थी बिरामी
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन
भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु
बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्याएको क्षतिको क्षतिपूर्ति इरानले नै तिर्नुपर्ने बताएका छन्।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले स्ट्रेट अफ हर्मुजमा अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहेको र उक्त जलमार्ग अहिले ‘शतप्रतिशत’ अमेरिकी नियन्त्रणमा रहेको दाबी गरे।

इरानसँगको पछिल्लो तनाव र असमझदारीबारे बोल्दै ट्रम्पले तेहरानले अमेरिकी कारबाहीका कारण भएको क्षतिको क्षतिपूर्ति मागिरहेको उल्लेख गरे। त्यसको जवाफमा अमेरिकाले पनि इरानसँग क्षतिपूर्ति माग गर्ने उनले बताए।
यसअघि ट्रम्पले अमेरिका–इजरायलको सैन्य कारबाहीका क्रममा इरानमा भएको आर्थिक क्षतिका लागि तेहरानले गरेको क्षतिपूर्तिको माग अस्वीकार गरेका थिए। बरु, इरानले आफ्नै गतिविधिका कारण हुने मानवीय तथा भौतिक क्षतिको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द
सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै












प्रतिक्रिया