पाँच खेलसकिँदासम्म हिमालयन शेर्पा र फ्रेन्ड्स जीतविहीन « Khabarhub

पाँच खेलसकिँदासम्म हिमालयन शेर्पा र फ्रेन्ड्स जीतविहीन


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै खेल टुङ्ग्याएका छन् ।

मंगलबार भएको खेलमा शेर्पा र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् ।

त्रिपुेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले पटक–पटक पाएका गोलको अवसर सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य बनेका हुन् ।

आफ्नो पाँच खेल खेलेका यी दुई टोलीले अहिलेसम्म एक खेलमा पनि जीत हात पार्न सकेका छैनन् ।

लिगमा पाँच खेल सकिँदा हिमालयन शेर्पाले ३ खेल बराबरी खेलेको छ भने २ खेलमा हार व्येहोर्दै ३ अंक जोडेको छ । यता  फ्रेन्ड्सले दुई खेल बराबरी र तीन खेलमा हारसहित २ अंक जोडेको छ ।

शेर्पा लिगको १२ औं स्थानमा छ भने फ्रेन्ड्स १३ औं स्थानमा छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ५ : ३१ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक