मिडिया काउन्सिल गठनमा प्रदेशको प्रतिनिधित्व गर्न आग्रह « Khabarhub

मिडिया काउन्सिल गठनमा प्रदेशको प्रतिनिधित्व गर्न आग्रह


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल मिडिया काउन्सिल गठनमा प्रदेशको प्रतिनिधित्व हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् ।

प्रदेश नं १ न्याय, प्रशासन तथा विधायन समिति र नेपाल कानून समाजद्वारा आयाजित ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयकबारे संवाद कार्यक्रममा उनीहरुले दण्ड जरीवाना मुद्दाअनुसार हुनुपर्ने, महिलाको प्रतिनिधित्व थप गर्नुका साथै प्रेस पास स्थानीयस्तरमा वितरण गर्नुपर्ने, समानुतापतिक विज्ञापन सहज र सरल रूपमा वितरण हुनुपर्ने सुझाव दिएका छन् ।

प्रदेश नं–१ का सभामुख प्रदीपकुमार भण्डारीले संविधानको अपनत्व गराउनु विधेयकमाथि विस्तृत छलफलका साथ परिमार्जन गरी आगाडि बढ्नुपर्ने बताए । उनले मिडिया विधेयक सञ्चारमैत्री बनाउन व्यवस्थित रूपमा परिस्कृत गर्न आवश्यक सुझावले सहयोगको भूमिका पुग्ने विचार व्यक्त गरे ।

राष्ट्रियसभाका सदस्यहरु रमेश लेखक, जीतेन्द्रनारायण देव र शेरबहादुर कुँवरले कानून जनताको सुविधाको लागि आउनुपर्नेमा बताउँदै संविधानको सफल कार्यान्वयनमा हामी सबैको ठूलो जिम्मेवारी रहेको छ भने ।

प्रदेशका उपसभामुख सरस्वती पोखरेल, विधायन समितिका अध्यक्ष इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य जयराम यादव, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेलले लोकतन्त्र स्थापनामा पत्रकारबाहेक अन्य सबैले अधिकार पाएको, जनताको अधिकार खोज्ने कार्य सञ्चारकर्मीले गरेकाले उनीहरुको पेशालाई ध्यान दिनुपर्ने बताए ।

धरान नगरपालिकाका उपप्रमुख मीना भण्डारी, नेपाली काँग्रेस मोरङ सचिव मोदराज घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतमलगायत विभिन्न सञ्चारकर्मीहरुले स्वतन्त्र, स्वायत्त र सक्षम काउन्सिल हुनुपर्ने, पत्रकारको परीक्षा हटाउनुपर्ने, दण्ड जरिवानाको प्रावधान हटाउनुपर्ने, कानून सबैको लागि हुनुपर्ने र विधेयकमा गहन छलफल हुनु जरुरी आदि जस्ता सुझाव दिएका थिए ।

कार्यक्रममा प्रदेश विधायन समितिका सदस्य, प्रदेश सदस्य, स्थानीय निकायका प्रमुख, उपप्रमुख, अधिवक्ता र विभिन्न जिल्लाका सञ्चारकर्मीको सहभागिता थियो ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : ३० बजे

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई