सडक दुर्घटनामा दुईको मृत्यु « Khabarhub

सडक दुर्घटनामा दुईको मृत्यु


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको छुटाछुटै ठाउँमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको बलानबिहुल गाउँपालिका–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

स८प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीकै कञ्चनपुर नागरपालिका–१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बदगामा नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृतकको हाल नाम, थर, वतन खुल्न नसकेको र ठक्कर दिने सवारी साधनको खोजी कार्यसमेत भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : ०२ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया