नीतिगत विषयले कसैलाई कारबाही गर्न सकिएन भन्ने अख्तियारको भनाइ गलत : आचार्य « Khabarhub

नीतिगत विषयले कसैलाई कारबाही गर्न सकिएन भन्ने अख्तियारको भनाइ गलत : आचार्य


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले नीतिगत विषयलाई लिएर ललितानिवास जग्गा प्रकरणमा कारबाही गर्न सकिएन भन्ने अख्तियारको भनाई गलत रहेको बताएका छन् ।

आचार्यले सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै नीति तर्जुमा गर्नु र निर्णय लिनु फरक पाटो भएको भन्दै ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने विषयमा मन्त्रीपरिषदले नीति तर्जुमा नभई निर्णय गरेकोले नीतिगत विषयका कारण कसैलाई कारवाही गर्न सकिएन भन्ने आयोगको भनाइ गलत भएको बताएका हुन् ।

उनले आयोगले आफ्नो निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्ने ठाउँ दिनु आफैमा सुखद् विषय नभएको पनि बताएका छन् ।

आचार्यले सामाजिक सञ्जालमा लेखेको विचार यस्तो छ :
कुनै विषयमा नीति तर्जुमा गर्नु र निर्णय गर्नु फरक कुरा हुन् । अदुअआ ऐनको दफा ४ नीतिगत विषयसँग सम्बन्धित छ, निर्णयसँग होइन । ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने विषयमा मन्त्रीपरिषदले नीति तर्जुमा नभई निर्णय गरेको हो । नीतिगत विषयका कारण कसैलाई कारवाही गर्न सकिएन भन्ने आयोगको भनाइ गलत छ। आयोगले आफ्नो निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्ने ठाउँ दिनु आफैमा सुखद् विषय होइन । Democratic Institution हरुले आफ्नो credibility गुमाउदै गए भने democracy sustain गर्न सक्दैन ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ९ : ११ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील