नीतिगत विषयले कसैलाई कारबाही गर्न सकिएन भन्ने अख्तियारको भनाइ गलत : आचार्य « Khabarhub

नीतिगत विषयले कसैलाई कारबाही गर्न सकिएन भन्ने अख्तियारको भनाइ गलत : आचार्य


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले नीतिगत विषयलाई लिएर ललितानिवास जग्गा प्रकरणमा कारबाही गर्न सकिएन भन्ने अख्तियारको भनाई गलत रहेको बताएका छन् ।

आचार्यले सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै नीति तर्जुमा गर्नु र निर्णय लिनु फरक पाटो भएको भन्दै ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने विषयमा मन्त्रीपरिषदले नीति तर्जुमा नभई निर्णय गरेकोले नीतिगत विषयका कारण कसैलाई कारवाही गर्न सकिएन भन्ने आयोगको भनाइ गलत भएको बताएका हुन् ।

उनले आयोगले आफ्नो निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्ने ठाउँ दिनु आफैमा सुखद् विषय नभएको पनि बताएका छन् ।

आचार्यले सामाजिक सञ्जालमा लेखेको विचार यस्तो छ :
कुनै विषयमा नीति तर्जुमा गर्नु र निर्णय गर्नु फरक कुरा हुन् । अदुअआ ऐनको दफा ४ नीतिगत विषयसँग सम्बन्धित छ, निर्णयसँग होइन । ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने विषयमा मन्त्रीपरिषदले नीति तर्जुमा नभई निर्णय गरेको हो । नीतिगत विषयका कारण कसैलाई कारवाही गर्न सकिएन भन्ने आयोगको भनाइ गलत छ। आयोगले आफ्नो निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्ने ठाउँ दिनु आफैमा सुखद् विषय होइन । Democratic Institution हरुले आफ्नो credibility गुमाउदै गए भने democracy sustain गर्न सक्दैन ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ९ : ११ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा