अण्डकोषसहितको गुप्ताङ छिनाएर हत्या गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

अण्डकोषसहितको गुप्ताङ छिनाएर हत्या गरेको आरोपमा दुई जना पक्राउ


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गरेको र हत्यपछि चौधरी र यादवले उहाँको शवलाई स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा जलाएका हुन् ।

शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदूरी गर्दै आएका थिए । सोमबार साँझ यादव, चौधरी र शेख तीनै जना स्थानीय होटलमा सँगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पुर्‍याएको तथा संवेदनशील अङ्ग काटेर परालमा आगो लगाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट संवेदनशील अङ्ग काट्न प्रयोग गरिने चक्कु एक थान, मृतकलाई आगो लगाउन प्रयोग गरिने लाइटर एक थान, मृतकको लेनोभो कम्पनीको कालो मोबाइल एक थान, मृतकले प्रयोग गरेको सिम कार्ड, घटना घटाउँदा लक्षण यादवले लगाएको रागतजस्तो रातो लागेको दाग भएको एक थान भेस्ट र घटना घट्नुभन्दा अगाडि बुद्धिमाया राईको पसलबाट किनेको चुरोट तथा चुरोटका ठुटासमेत बरामद गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ४ : ११ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने