नेपाल कानून व्यवसायी परिषद् ‘पार्षद’को निर्वाचन शनिबार हुँदै  « Khabarhub

नेपाल कानून व्यवसायी परिषद् ‘पार्षद’को निर्वाचन शनिबार हुँदै 


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कानून व्यवसायी परिषद् पार्षदको निर्वाचन शनिबार हुने भएको छ । सातै प्रदेशमा पार्षद छान्नका लागि परिषदले निर्वाचन गर्न लागेको हो ।

परिषदको बाग्मती प्रदेश पार्षद पदमा बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले नेपाल कानून व्यवसायी परिषदलाई नवीनतम् ढंगले अगाडि बढाउने प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

‘२५ वर्षको बार काउन्सिल ६ महिनाको बच्चाको अवस्थामा छ, सर्वोच्च अदालतका अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतलाई लाइसेन्स दिन अधिकार त लियो, तर त्योभन्दा बढी केही गर्न सकेजस्तो मलाई लाग्दैन,’ न्यौपानले भने, ‘प्राक्टिक प्राक्टिसका आधारमा परीक्षा लिने र काउन्सिलको कार्यशैलीलाई नयाँ ढंगले अघि बढाउन पहल गर्ने उद्देश्यले नै उम्मेदवारी दिएको हुँ ।’

अदालतले लिने परीक्षा र कानून अध्ययन अध्यापन हुने कलेजले लिने परीक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन पहल गर्ने बताउँदै न्यौपानेले नेपालमा कानूनी शिक्षाको अवस्थालाई अध्ययन गरी अझै समयसापेक्ष सुधार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले १६ वटा एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन ।

‘नेपाल कानून व्यवसायी परिषदको ऐन २०५० लाई समयानुकूल संशोधन गर्ने, वरिष्ठ अधिवक्ताहरुको उपाधि परिषद समेतको सल्लाह र सिफारिशमा निश्चित मागदण्ड तोकेर प्रदान गर्न पहल गर्ने छु,’ न्यौपानेले भने ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले कानून व्यवसायीको शुद्धिकरण र व्यवसायिक मर्यादामा जोड दिँदै विद्यमान आचारसंहिताबाट कारबाही वा निलम्बन गर्ने प्रावधानको सट्टा ऐनमा संशोधन गरी अधिकार थपेर कानूनी व्यवस्था गर्न पहल गर्ने लगायतका घोषणा गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ५ : ४६ बजे

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे