१५ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका सुवास भन्छन् : जुनसुकै पोजिसनमा पनि खेल्न तयार छु | Khabarhub Khabarhub

१५ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका सुवास भन्छन् : जुनसुकै पोजिसनमा पनि खेल्न तयार छु


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ खेल्ने नेपाली टोलीको वैकल्पिक खेलाडीको सूचिमा रहेका सुभास खकुरेलले १५ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

राष्ट्रिय टोलीका भरपर्दा मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर चोटका कारण टोलीबाट बाहिरिएपछि सुभासले पुनरागमनको अवसर पाएका हुन् ।

यसअघि सुभासले २०१८ मा मलेसियामा भएको एसिया कप क्वालिफायर खेलेका थिए । त्रिकोणात्मक शृङ्खलाको पहिलो खेल ओमानसँग खेल्ने क्रममा शरदले चोट बोकेका थिए । उक्त चोट पछि चिकित्सकको सल्लाहबमोजिम उनलाई टोलीमा स्थान दिइएको हो ।

शरद भेषावकरले ओमानसँगको खेलमा ५५ रनको योगदान गरेका थिए ।

शरदको स्थानमा सुभासलाई ल्याउन नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पत्र पठाएको क्यानका प्रवक्ता असोकनाथ प्याकुरेलले बताए ।

‘टिम व्यवस्थापनले शरदको ठाउँमा सुभासलाई प्रस्ताव गरेको छ । हामीले त्यसलाई प्रक्रिया पुर्‍याएर आईसीसीलाई पत्र पठाएका छौं,’ प्रवक्ता प्याकुरेलले भने,‘अब आज शुक्रबार भइहाल्यो, आईसीसी नै बन्द छ । तर, पनि बैकल्पिक खेलाडीलाई टोलीमा ल्याउन त्यस्तो समस्या हुँदैन होला ।’

प्याकुरेलले आईसीसीको पत्र नआए म्याच रेफ्रीसँग समन्वय गरेर खेलाउने तयारीमा रहेको बताएका छन् । ‘पत्र पठाइसकिएको छ । त्यसका समस्या हुनु पर्ने होइन । तर, भोलि शनिबार म्याच रेफ्रीसँग समन्वय गरेर खेलाउनु पर्ला,’ उनले भने ।

खकुरेल टोलीमा आएसँगै नेपाली टोलीमा अमेरिकाविरुद्धको खेलमा ब्याटिङ अर्डर केही तलमाथि हुने भएको छ ।

यसअघि ओमानसँगको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्काले ओपनिङ सम्हालेका थिए । तर, नेपालका लागि ओपनिङ ब्याटिङ गर्दै आएका सुभास टोलीमा आएसँगै अब पारस खड्का ‘वान डाउन’ मा खेल्ने चर्चा हुन थालेको छ ।

‘सुभास ओपनिङमा खेल्दै आएका खेलाडी हुन् । उनी टोलीमा परेसँगै प्लेइङ ११ मा पर्दा उनी ओपनिङमै खेल्छन्,’ खबरहबस्रोतले भन्यो, ‘सुभासले नखेले मात्रै हो । नभए उनी ओपनिङमै खेल्छन् ।’

खबरहबसँगको कुराकानीमा सुवासले भने आफू जुन फर्म्याटमा खेल्न पनि तयार रहेको बताए । ‘मेरो प्लेइङ पोजिसन भनेकै ओपनिङ हो । तर, ओपनिङ नै पाउनुपर्छ र पाउँछु भन्ने होइन । जुनमा दिएपनि म तयार छु,’ सुवासले भने ।

खबरहबसँगको कुराकानीको क्रममा खकुरेलले १५ महिना पछि टोलीमा फर्किन पाउँदा खुसी लागेको बताए ।

नेपाल र अमेरिकाको खेल शनिबार बिहान साढे ९ बजे शुरु हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ५ : ५१ बजे

विश्वप्रकाशको ‘ऐना’ को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायले न्यून स्रोत साधनका

‘बिग बोस’ १९ का प्रतिस्पर्धी रोबर्ट पनि हुने चर्चा

काठमाडौं – बलिउड नायक सलमान खान प्रस्तोता रहेको शो ‘बिग

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको बुद्धभुमी नगरपालिका-६ लक्ष्मीपुर बस्ने ६४ वर्षीय मल्लु धोवीको करेन्ट लागेर

कांग्रेसमा रामहरिको प्रष्टिकरण : ‘कुलिङ पिरियड’ सर्वसम्मतिले राखेका थियौँ, थपिएर संसद्‍ पुगेको उपदफामा हाम्रो दोष छैन

काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले