एमसीसीबारे अध्ययन गर्न गठित कार्यदलले भन्योः तथ्यका आधारमा सत्य पत्ता लगाउँछौं « Khabarhub

एमसीसीबारे अध्ययन गर्न गठित कार्यदलले भन्योः तथ्यका आधारमा सत्य पत्ता लगाउँछौं


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) बारे सुझाव दिन गठित कार्यदलले आवश्यक सामग्री जुटाएर प्राप्त कार्यादेशका आधारमा अध्ययन कार्य अघि बढाएको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आज साँझ बसेको कार्यदल बैठकले दिएको कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषणको प्रक्रिया थालनी गरेको बैठकपछि कार्यदलका संयोजक एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

उनले भने, ‘हामीहरु कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि बढ्दैनौं, हामी तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढ्छौँ ।’

कार्यदेशअनुसार १० दिनभित्र सक्ने अपेक्षा रहेको बताउँदै संयोजक खनालले त्यो समयसीमाभित्र सकिएन भने पार्टीसँग कुरा गर्ने बताए ।

एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि रु ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ । पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसीसीलाई संघीय संसद्ले अनुमोदन गर्नुपर्नेछ ।

नेकपाको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले एमसीसी सम्झौताका सम्बन्धमा विभिन्न कोणबाट उठेका प्रश्न र एमसीसीलाई कसरी राष्ट्रहित अनुकूल बनाउने भन्ने सन्दर्भमा अध्ययन गरी सुझाव पेश गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलमा नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हुनुहुन्छ । उक्त कार्यदलको पहिलो बैठक यही माघ २० गते बसको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ९ : १३ बजे

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध