तपाईं आफ्नो छोराछोरीको भविष्य र उनीहरुको संस्कारको बारेमा चिन्तित बन्ने गर्नु भएको होला । आखिर बालबालिकालाई कसरी संस्कारी बनाउने भन्ने बुवाआमाको स्वभावित चिन्ता हो ।
कतिपय आमाबुवाले छोराछोरी जन्मिएपछि सही संस्कार दिन नसक्दा आफ्नो पछिल्लो जीवनमा पश्चाताप गर्ने गरेका छन् । जन्मदेखि नै बालबालिकामाथि गर्ने व्यवहार, उनीहरुलाई देखाइने हरेकर क्रियाकलाप र कामले भविष्यमा बालबालिकाको संस्कार निर्माण हुन जान्छ ।
जन्मदेखि लिएर २१ वर्षसम्मको उमेरको समयमा मुख्यरुपमा संस्कारको निर्माण हुन्छ । यस अवस्थामा लागेको बानी आगामी दिनमा संस्कारको रुप लिन्छ ।
खानपानदेखि लिएर मित्रता र पूजा उपासनासम्म हरेक सानो–सानो चीजको आफ्नो महत्व रहेको हुन्छ । बालबालिकाको रुपमा बुवाआमाको संस्कारको प्रभाव पनि पर्छ । त्यसैले यसको ध्यान राख्न आवश्यक हुन्छ ।
त्यसैले आज हामी कुन उमेर समूहमा कस्तो कुराको ध्यानमा राख्ने भन्ने चर्चा गर्दै छौं ।
जन्मदेखि पाँच वर्षसम्म
यो उमेर बच्चाको आहार र खानपानको विशेष ख्याल राख्नुपर्ने उमेर हो । यो उमेरमा जुन खानपानको बानी पर्छ विशेषत त्यो बानी जीवन भर छुट्न गारो हुन्छ । खानपानले नै विचार बन्छ, त्यसैले सोच विचार गरेर बालबालिकालाई खानपानको प्रबन्ध गर्नुपर्छ ।
मांसहार, फास्ट फूड, बासी र तेल मसलावाला भोजनबाट बालबालिकालाई बचाउन आवश्यक हुन्छ ।
६ वर्षदेखि लिएर १० वर्षसम्म
यस उमेरमा बालबालिका भित्र शुभ र अशुभको बानी आउन थाल्छ । बालबालिकाले धर्म, ईश्वर र अन्य व्यवहार जन्य कुराबारे ज्ञान प्राप्त गर्न थाल्दछ । त्यसैले यो समय घरको माहोल शुद्ध र सात्विक राख्नु पर्छ ।
घरका मानिसले आफ्नो व्यवहार र आचरण राम्रो राख्न आवश्यक हुन्छ ।
त्यस्तै बालबालिकालाई सही र गलत बीचको फरक सिकाउन आवश्यक हुन्छ । मठ मन्दिरमा लाने गर्नुहोस्, मानिसहरुलाई सहायता गर्न सिकाउनुहोस् र आफूले पनि गर्नुहोस् त्यसबाट बालबालिकामा सकारात्मक प्रभाव पर्छ । मठ मन्दिर लैजादा र धर्मले मानिसलाई शान्त र अनुशासित बनाउन प्रेरित गर्छ ।
११ देखि १५ वर्षसम्म
यस उमेरमा बालबालिका शिक्षा र ज्ञानको बारेमा सजग हुन्छन् । यो उमेर जिज्ञासु र कुलतमा फस्ने खालको उमेर पनि हो । त्यसैले छोराछोरीलाई यो उमेर समुहमा एकान्तमा छोड्नेभन्दा पनि परिवारका सदस्यसँगको सामिप्यतामा बढी जोड दिन जरुरी हुन्छ ।
यसका साथै छोराछोरीमा विषय, करियर र सफलताको चिन्ता हुन थाल्छ । यो उमेरमा बालबालिकालाई मन्त्र, योग आशन आदीका बारेमा बताउन आवश्यक हुन्छ । ता कि उनीहरुलाई शिक्षामा एकाग्र र शारीरिक र मानसिक विकास सही बनाउन सहयोग पुगोस् ।
यो समयमा छोराछोरीमाथि आफ्नो रुची थोपर्नु हुँदैन । उनीहरुलाई इच्छा अनुसारका काम गर्ने अवस्था दिनुपर्छ । विषय छनोटमा पनि उनीहरुलाई स्वतन्त्रता दिनुपर्छ ।
१७ वर्षदेखि २१ वर्षसम्म
यो समयमा किशोर किशोरीको शरीरमा ठूलो रासायनिक परिवर्तन हुन्छ । यो समयको शुरुवातमा किशोर किशोरीहरुमा शारीरिक बनावट र विकासलाई लिएर जिज्ञासा र कौतुहलता हुने गर्छ । उनीहरु एकान्त प्रेमी हुन्छन् । परिवारका ,सदस्यहरुसँग उनीहरुको विचार कुराकानी नमिल्ने अवस्था पनि बन्न सक्छ ।
त्यसैले १७ वर्ष भन्दा अघिको अवधिबाट नै उनीहरुलाई शारीरिक परिवर्तन, अवस्था आदीबारे जानकारी गराउने र आफू पनि सजक हुने उनीहरुको व्यवहारलाई अध्ययन गर्ने र नजिकिने, समस्याहरुको बारेमा छलफल गर्ने काम परिवारका सदस्यले गर्नुपर्छ ।
सबै संस्कार र राम्रो – नराम्रो बानी यही उमेरमा देखिन थाल्छ । यो उमेरमा छोराछोरीलाई जिम्मेवारी स्वयं लिन दिनुपर्छ र अभिभावकले सहायता गर्नुपर्छ ।
उनीहरुको लवाइखवाइ, दीनचर्या र साथी संगतीका बारेमा परिवारका सदस्य विशेषगरि बुवाआमा ध्यान दिन जरुरी हुन्छ । उनीहरुलाई उमेरदार व्यक्तिहरुसँग बस्न र संगत गर्न सल्लाह दिनुपर्छ । नकि विग्रिएका किशोर किशोरीसँग लागेर आफूपनि त्यस्तै बनुन् ।
प्रतिक्रिया