बेलायती अभिनेत्रीले भनिन् – अब म ‘न्यूड सिन’ दिन चाहन्नँ « Khabarhub

बेलायती अभिनेत्रीले भनिन् – अब म ‘न्यूड सिन’ दिन चाहन्नँ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– एक बेलायती अभिनेत्रीले अबदेखि कुनै फिल्ममा पनि ‘न्यूड’ दृश्य नदिने बताएकी छिन् । उनले आफू दुई सन्तानकी आमा बनिसकेकाले अब कुनै फिल्ममा पनि कामुक दृश्य नदिने बताएकी हुन् ।

३४ वर्षीया बेलायती अभिनेत्रीले केइरा नाइट्लीले आफ्ना दुई सन्तानको आमा बनिसकेकाले यस्ता दृश्य नदिने घोषणा गरिन् ।

द टाइम्ससँगको अन्तर्वार्तामा उनले यसअघि आफ्नो उमेर कम हुँदा यस्ता दृश्य दिन कुनै किसिमको समस्या नरहेको बताएकी थिइन् । अहिले भने दुई सन्तानको मातृत्वका कारण आफ्नो शारिरीक बनावट नै परिवर्तन भइसकेकाले आफूले यस्ता दृश्य दिन नचाहेको बताएकी छिन् ।

उनले भनिन्, ‘मेरो शरीरलाई लिएर म खुशी नै छु । मेरो शरिरले गज्जबका कामहरु गरेको छ । तर अब म पूरै फ्लिमको क्रुको अगाडि नाङ्गै उभिन चाहन्न ।’

आजकल फ्लिममा सेक्स सेन्सहरु एकदमै प्राथमिकतामा पर्न थालेको समेत उनले भनिन् । उनले द एज अफ लभद डचेस लगायतका फ्लिममा नग्न सिन गरेकी थिइन् ।

उनी हाल मिसबिहेबियर नामक फ्लिमको प्रचारमा व्यस्त छिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ०० बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव