कोरोनाभाइरस: जानाजान मानिससामु खोकेपछि उभ्याइयो अदालतको कठघरामा « Khabarhub

कोरोनाभाइरस: जानाजान मानिससामु खोकेपछि उभ्याइयो अदालतको कठघरामा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले जानाजान अरू मानिस सामु खोकेको र त्यसको भिडिओ खिचेको पाइएपछि उनीविरुद्ध ‘अपमानजनक कार्य’ गरेको अभियोग लगाइएको छ।

३८ वर्षीय रेमन्ड कुम्ब्सले आफू मदिराको नशामा रहेको र ठट्टाको रूपमा त्यसो गरेको बताएका छन्।

त्यसरी अरूको अगाडि गएर खोक्नु अनि त्यसको भिडिओ बनाउने कार्य ‘मूर्खतापूर्ण र असम्वेदनशील’ भएको भन्दै त्यसप्रति उनले दु:ख व्यक्त गरेका छन्।

सो भिडिओ फेसबुकमा राखिएपछि भाइरल भएको थियो र त्यसले व्यापक आक्रोश उब्जाएको थियो।

ती व्यक्तिविरुद्ध सुरुमा जनस्वास्थ्यसम्बन्धी आदेश उल्लंघन गरेको भन्दै फौजदारी अभियोग पनि लगाइएको थियो तर पछि त्यो अभियोग भने फिर्ता लिइयो।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले ती व्यक्तिलाई ‘बेवकुफ’को संज्ञा दिइन्।

कोरोनाभाइरसको सङ्क्रमण मानिसहरूले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने स-साना पानीमिश्रित कणमार्फत् एकअर्कामा फैलने वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन्।

त्यसै कारण सकेसम्म मुख छोप्नु पर्ने वा कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नु पर्ने बताइएको छ।

यस्तो परिस्थितिमा अरूको अगाडि गएर जथाभावी र जानाजान खोक्नु वा हाच्छ्युँ गर्नुलाई धेरैले ठीक ठान्दैनन्।

संसारभरि नै पछिल्ला साताहरूमा मानिसहरूको सार्वजनिक व्यवहार सम्वेदनशील भनिएको बेला न्यूजील्यान्डको घटना प्रकाशमा आएको छ। बीबीसीबाट

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १० : ५७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२