अवस्था थप भयावह हुने देखिएपछि लकडाउन बढाइएको हो – प्रधानमन्त्री ओली « Khabarhub

अवस्था थप भयावह हुने देखिएपछि लकडाउन बढाइएको हो – प्रधानमन्त्री ओली


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्था झन भयावह बन्ने खतरा देखिएपछि लकडाउन बढाउनु परेको बताएका छन् ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोक्न थप सावधान नअपनाए अवस्था भयावह बन्न सक्ने अवस्था देखिए पछि लकडाउन बढाइएको बताए ।

प्रधानमन्त्री ओलीले विदेशबाट आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएको उल्लेख गर्दै संक्रमणको प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको बताए । यस्तो अवस्थामा थप सजगता अपनाउनु अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘मुलुक लकडाउनमा गएपछि तपाईंहरुमा पर्न गएको असुविधा प्रति म जानकार छु । धेरै व्यवसायीले व्यवसाय बन्द गर्नुपरेको छ । विद्यार्थीको पढाइ छुटेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘लामो जेल र एकान्तवासमा बिताएको मैले यसलाई सहजै अनुमान गर्न सक्छु ।’

कुनै खोप र औषधि पत्ता नलागेको परिस्थितिमा कोरोनाको संक्रमणबाट बच्न लकडाउन नै अपरिहार्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘समस्ष यथावत छ र सावधानी अपनाइएन भने अझै भयावह बन्ने खतार छ । यसैले आजबाट ८ दिनलाई लकडाउन बढाउन बाध्य बनेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘बाँकी अवधिको लागि पनि यस्तै धर्यताको लागि अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : २० बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको