कोरोनाभाइरसविरुद्ध युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री ओली « Khabarhub

कोरोनाभाइरसविरुद्ध युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री ओली


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाईमा युद्धस्तरमा काम भइरहेको बताएका छन् ।

उनले देशबासीका नाममा सम्बोधन गर्दै विश्वमा कोरोना भाइरस संक्रमणको भयावह अवस्थमा रहेका जनाए । यो विसम परिस्थितिमा कोरोनाविरुद्धको लडाइँमा साझा ऐक्यवद्धता जनाएको बताए ।

नेपालमा संक्रमणको पहिलो केश देखिसँगै साझा अभियान जारी रहेको जनाए ।

उनले मुलुक अझै उच्च जोखिममा रहेको हुँदा दुई सातादेखि  लकडाउन गरिएको जानकारी दिए । उनले यो लकडाउनका कारण परेका प्रभावप्रति क्षमाप्राथी रहेको जनाए ।

उनले विद्यार्थीहरुको पढाई छुटेको, दैनिक ज्यालामजदुरी गर्नेको अवस्था नाजूक बनेकोप्रति क्षमाप्रार्थी रहेको बताए ।

महामारी फैलिन नदिन गरेको लकडाउने महत्वपूर्ण रहेको समेत बताए ।

अझै भयावह बन्ने अवस्थालाई मध्यनजर गर्दै लकडाउन लम्ब्याइएको बताए । यस अभियानमा सबैलाई साथ दिन समेत प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।

कोरोना रोकथाममा खटिनै सबैप्रति उनले आभार प्रकट गरेका छन् । उनले विकशित मुलुकको तुलनामा हामीले चालेको कदम निकै प्रभावकारी रहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : २४ बजे

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

स्थानान्तरणबाट छुटेका सुकुम्वासीलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं– शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रवर्द्धनको प्रतीक्षामा सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत