कोरोनाभाइरसविरुद्ध युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री ओली « Khabarhub

कोरोनाभाइरसविरुद्ध युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री ओली


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाईमा युद्धस्तरमा काम भइरहेको बताएका छन् ।

उनले देशबासीका नाममा सम्बोधन गर्दै विश्वमा कोरोना भाइरस संक्रमणको भयावह अवस्थमा रहेका जनाए । यो विसम परिस्थितिमा कोरोनाविरुद्धको लडाइँमा साझा ऐक्यवद्धता जनाएको बताए ।

नेपालमा संक्रमणको पहिलो केश देखिसँगै साझा अभियान जारी रहेको जनाए ।

उनले मुलुक अझै उच्च जोखिममा रहेको हुँदा दुई सातादेखि  लकडाउन गरिएको जानकारी दिए । उनले यो लकडाउनका कारण परेका प्रभावप्रति क्षमाप्राथी रहेको जनाए ।

उनले विद्यार्थीहरुको पढाई छुटेको, दैनिक ज्यालामजदुरी गर्नेको अवस्था नाजूक बनेकोप्रति क्षमाप्रार्थी रहेको बताए ।

महामारी फैलिन नदिन गरेको लकडाउने महत्वपूर्ण रहेको समेत बताए ।

अझै भयावह बन्ने अवस्थालाई मध्यनजर गर्दै लकडाउन लम्ब्याइएको बताए । यस अभियानमा सबैलाई साथ दिन समेत प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।

कोरोना रोकथाममा खटिनै सबैप्रति उनले आभार प्रकट गरेका छन् । उनले विकशित मुलुकको तुलनामा हामीले चालेको कदम निकै प्रभावकारी रहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : २४ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको