नागरिकको जीवनरक्षाभन्दा ठूलो कुरा अरु छैनः प्रधानमन्त्री ओली « Khabarhub

नागरिकको जीवनरक्षाभन्दा ठूलो कुरा अरु छैनः प्रधानमन्त्री ओली


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनरक्षा भन्दा ठूलो कुरा अरु नभएको बताएका छन् ।

विश्वव्यापी कोरोना भाइसको संक्रमण महामारीका रुपमा फैलिरहेको अवस्थामा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो समयमा नागरिकको जीवन रक्षा नै पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

उनले विकसि राष्ट्रलाई आच्छु आच्छु पारिरेको हुँदा हम्मे हम्मेको अवस्थामा साझा ऐक्यवद्धता जनाउनु अपरिहार्य रहेको बताए ।

उनले देशबासीका नाममा सम्बोधन गर्दै सबैलाई एकजुट हुन आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा खटिनेहरुको सेवा सुविधाको बन्दोबस्ती गरेको जानकारी दिए ।

“उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ। आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध छ।”, प्रधानमन्त्री ओलीले भने ।

उनले यो विसम परिस्थितमा भ्रष्टाचार भएको घटना देखिएमा खबर गर्न आग्रह गरे । यस महामारीविरुद्ध आउने केही हप्ता साह्रा गाह्रोको सामना गर्न पनि आग्रह गरे ।

सुरक्षा प्रबन्ध व्यवस्थित बनाउन तथा भाइरसको संक्रमण फैलिन नदिन सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : ३६ बजे

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

स्थानान्तरणबाट छुटेका सुकुम्वासीलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं– शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रवर्द्धनको प्रतीक्षामा सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत