लकडाउनका बेला दूध ढुवानी गर्ने गाडीमा भेटियो १४० लिटर रक्सी « Khabarhub

लकडाउनका बेला दूध ढुवानी गर्ने गाडीमा भेटियो १४० लिटर रक्सी


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– ‘दूध ढुवानी सेवा’ लेखेको स्टीकर टाँसी अटोमा रक्सी (मदिरा) तस्करी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान ६ बजेतिर हेटौंडा उपमहानगरपालिका– २ चौकीटोलमा चेकजाँचका क्रममा ना १ ह ५३८१ नम्बरको अटोलाई प्रहरीले रक्सीसहित नियन्त्रणमा लिएको हो । प्रहरीले अटोबाट करिब १ सय ४० लिटर मदिरा समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उक्त अटो बिहान समरीबाट हेटौंडातर्फ आउँदै गरेको थियो । अटोमा देखिने गरी दूधका खाली क्यानहरु राखी भित्रपट्टी गेलनमा मदिरा राखिएको थियो ।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न भन्दै जारी गरेको लकडाउनका बेला अत्यावश्यक वस्तुअन्तर्गत पर्ने दूधको ढुवानी भने रोकेको छैन ।

दूध ढुवानी गर्ने गाडीहरु स्थानीय प्रशासनबाट पास समेत नलिइ चल्ने पाउने भएका कारण मदिरा तस्करले अटोको अगाडि ‘दूध ढुवानी सेवा’ लेखिएको स्टीकर टाँसी मदिरा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १२ : १० बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित